कस्तो छ आजको आम हडताल ?
‘आर्यघाटले के भन्छ,
माकुनेलाई ले भन्छ’
‘ले ले जनता खुकुरी ले,
माकुनेलाई छप्काइदे’
शहिदको रगत सुक्दैन,
मओवादी झुक्दैन’।
जनयुद्द जारी छ”
आज काठमाडौं कासडकमा लागेका केहि उत्तेजित र अभद्र नाराहरु हुन् यी ।
काठमाडौंबाट नेपालप्लस स्रोतले पठाएको जानकारी अनुसार सरकारले भने जस्तो हिंसात्मक भएको छैन आजको आम हड्ताल । माओवादीले अचम्मसित शान्तिपूर्णरुपमा गरेका अहिले सम्म। भरतपूरमा भएको झडप बाहेक । सडक पुरै सुनसान छ । सडकमा गाडी को ट्वाँट्वाँ र टुँटुँ सुनिँदैन । वायु प्रदुषण छैन । पसल र बजार पुरै बन्द छ । मान्छेहरुमा मनोबैज्ञानिक त्रास र बाँकि छ अब के होला भन्ने । सडकका भित्रि गल्लीसम्म केहि नारा लगाउँदै जुलुस भने निरन्तर निस्किरहेका छन् ।
(नेपालप्लस हेर्दै गर्नुहोला । आज म दिनभरि अनलाईनमा छु काठमाडौंमा समाचारस्रोतहरुको सम्पर्कमा। छिन छिनमै अपडेट गरिरहनेछु) ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




