भएन सहमती, अब मुलुक भिडन्ततिरै
अहिले बिहान बसेको २२ दलको बैठकले माओवादीसित वार्तामै नबस्ने निर्णय गरेको छ । माओवादीले आन्दोलन फिर्ता नलिएसम्म वार्तामा नै नबस्ने निर्णय गरेपछि अब माओवादी र सरकार सन्चालक दलबिच सहमती होला भन्ने आशापनि टुटेको छ । आजसम्म सहमती नभए भोलीबाट देशब्यापी आम हडताल गर्ने निर्णय माओवादीले गरिसकेको छ । २२ दलको यो निर्णयले गर्दा आज माओवादी र अन्य प्रमुख दुई दलबिच सहमतीको प्रयासकालागि हुने भनिएको वार्तापनि हुन नसक्ने आशंका बढेको छ ।
उनीहरुले मुलुक भिडन्तमा जानुको कारण माओवादीजिमेवार रहेको आरोप लागएका छन् । यदि माओवादीले हिंसामा उत्रिए सबै दल मिलेर प्रतिकारमा उत्रिने निर्णयपनि बैठकले गरेको छ । प्रधानमन्त्री नेपालले यदि आफुले माओवादीका अगाडि राजिनामा दिए सम्पूर्ण लोकतन्त्रवादीको हार हुने भन्दै राजिनामा नदिने अडान दोहोर्याएका थिए । उता माओवादीको आजै बसेको बैठकले भने यस आगाडि गरिएका मुख्य ६ बुँदामा प्याकेजमै सहमती हुने र प्रधानमन्त्री नेपालले राजिनामा दिने सहमती भएमात्रै आन्दोलन रोक्ने। त्यो अवस्था नभए आम हड्ताल जारी राख्ने निर्णय गरिसकेको छ ।
२२ दलको निर्णयले मुलुकलाई झन द्वन्दतिर धकेलेको छ र अब फेरी वार्ता र सहमती हुनसक्ने सक्ने बाटोलाईपनि अन्त्य गरेको देखिएको छ । अहिले बिहान बसेको २२ दलको बैठकले प्रधानमन्त्री माधवकुमार नेपाललाई माओवादीको आन्दोलनबाट डराएर कुनैपनि हालतमा राजिनामा नदिन भन्दै ढाडस दिएपछि मुलुक झन द्वन्दतिरै जाने निश्चित जस्तो देखिएको हो ।




