उपत्यकाका घर घरमा वाईसिएल
माकुनेलाई राजिनामा गराईने
भोलीको कार्यक्रमलाई सफल बनाउन भन्दै माओवादीको युवा संगठन वाईसिएलका सदस्यहरु आज काठमाडौंका ठाउँ ठाउँमा छरिएका छन् । पूतली सडक, मंगल बजार, मैतीदेवी, सिनामंगल, सुन्धारा, वागबजार लगायतका ठाउँमा आज बिहानै वाइसिएलका सदस्यहरु स्थानिय जनताका घर घरमा पुगेका छन् । उनीहरुले हातमा यहि पोष्टर लिँदै स्थानिय जनतालाई भोलीको प्रदर्शनमा भाग लिन निमन्त्रणा गरेका छन् । स्थानिय जनताका हात हातमा यहि पोष्टर थमाउने र भित्ता भित्तामा यहि पोष्टर टाँसिदिने गरेका छन् । आज उपत्यकामा हरेक स्थानियका घर घरमा पुगेर भोलीको प्रदर्शनामा सहभागि हुन आव्हान गरिने कार्यक्रम माओवादीको छ । यो कार्यक्रममा माओवादीका नेतासमेत सहभागि हुनेछन् ।
माकुनेलाई राजिनामा गराईने
आजै एमाले पार्टी पोलिटब्युरो कमिटीको बैठक बस्दै छ । बैठकले प्रधानमन्त्री माधव कुमार नेपाललाई राजिनामा गर्न लगाएर माओवादीसित सहमतीको प्रयास गर्ने निर्णय गरेको छ । तर माधवकुमार नेपालले भने पद बाट आफुले राजिनामा दिँदैमा अहिलेको समस्या नसुल्झने भन्दै कुर्सीमा टाँस्सिरहन खोजेको संकेत गरिसकेका छन् ।




