अन्तिम बिद्रोहकालागि चन्दा संकलन
तैपनि केहि नाटकिय सहमती भएर माओवादीले गर्ने भनेको आम हड्ताल रोकिन्छ कि भन्ने आशा थियो। तर त्यो पनि अब रहेन । खासमा माओवादीले अहिले गरेको तयारी पार्टीभित्र स्पष्ठ रहेछ- अन्तिम बिद्रोह । सामान्य नागरिकले उति भेउ नपाएपनि पार्टीको तल्लो निकायसम्मै उनिहरुले स्पष्ठै भनेका रहेछन्, अबको बिकप अन्तिम र निर्णायक हो । अहिले आम हड्ताल भनेपनि यसलाई जनबिद्रोहमा परिणत गर्ने भन्ने रहेछ । त्यसैले उनीहरुले देशैभरि दिर्घकालिन जनबिद्रोहकालागि भनेर बेस्सरि रकम जम्मा गरिरहेका छन् । त्यसको लागि ब्यक्ति र वडा, गाउँ गाउँ र समिती समितीलाई यति यति, कम्तिमा यति उठाउनै पर्छ भनेर तोकिएको रहेछ ।
माओवादी स्रोतका अनुसार अहिले तराईका जिल्लाहरुमा एउटा वडाबाट जिल्ला समितीले कम्तिमा डेढ लाखका दरले चन्दा उठाउनै पर्छ । डेढ लाख भनिएपनि तराईका अधिकांश जिल्लाबाट त्यो भन्दा निकै बढि उठाएका छन् । पार्टी समर्थक, निकट र शुभचिन्तकहरुसित भने जागिरे भए कम्तिमा एक महिना बराबरको तलब पार्टीमा दिनैपर्ने बाध्य गरिएको छ । यस्तो बाध्यता पेन्सनमा बसेकाहरुलाईसमेत लगाइएको छ । तिनलेपनि कम्तिमा एक महिनाको पेन्सन सर्लक्कै लगेर पार्टीमा बुझाउनुपर्ने छ ।
चन्दा उठाउँदा कति ठाउँमा उनीहरुले ‘हेर्नुस् अब यो अन्तिम बिद्रोह हो। अब कुनैपनि हालतमा जनताको सत्ता प्राप्ति हुने गरि बिद्रोह हुँदै छ। त्यसको लागि तपाइहरुले बढि भन्दा बढि सहयोग गर्नुपर्छ’। चन्दा महिनौं महिना लाग्न सक्ने बिद्रोहकालगि वाईसियल, जनसेना, पार्टी सदस्यहरुलाई पाल्नु पर्ने हुनसक्छ भन्दै उठाउने गरिएको छ । हाल उठाइएको रकम सकभर बचाउने नीति छ खासगरि आगामी जनबिद्रोहकालागि ।
उनीहरुले कुनै कारणले वार्ता भएपनि संसदवादी दलहरुसित माओवादीले आफ्ना अडान दह्रोसित राख्ने छन्। जस्तो कि, जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने । सेनापती प्रकरणमा राष्ट्रपतीको कदम गलत थियो भन्ने अडान राख्ने । कब्जा गरिएको सम्पत्ती छानबिन आयोग बनाएर त्यसैको सिफारिसका आधारमा मात्रै गर्ने । जसको जमिन छैन र कब्जा गरिएको जमिनमा बसेका छन् तिनलाई बिकल्प दिएर मात्रै हटाउने । बेपत्ता नगारिकको यथासिघ्र भरपर्दो तरिकाले खोजी गर्ने । अग्रगामी संबिधान बनाउन दबाब दिने । यि मागहरुमा अडान राखेपछि संसदवादी दलहरुले पुरै गर्न सक्दैनन् । ति पूरा नभए बिद्रोह गर्नुको बिकल्प रहँदैन । अहिले गरिएको बिद्रोह सफल हुने पक्का पनि छ । कार्यकर्ताहरुलाई यसैगरि आश्वस्त पारेका रहेछन्। माओवादीको तयारि देख्दापनि अब कुनै पनि हालतमा सहमती भएर हत्या हिंसा रोकिएला तत्कालै भन्ने देखिँदैन।




