नयाँ वर्ष
-सुभाष देवकोटा
नयाँ वर्ष भन्नु मात्रै, पुरानै छ कायाँ ,
पोल्छ किन आजै देखि संझि घाम छायाँ ।
°°°°°°°°°°°°°°°°°°°°°
गुँरास फुल्यो किन भन्नु,पोहर पनि फुल्थ्यो,
चोट फुल्ने खडेरिमा किन, पानी पर्थ्यो ।
°°°°°°°°°°°°°°°°°°°°°
भोक तिर्खा उस्तै लाग्छ ,घाम जुन उस्तै,
आफ्नो भन्ने जिन्दगीको, गति पनि उस्तै ।
°°°°°°°°°°°°°°°°°°°°°
फरक भन्नु हिजो आज, आफैं छल्नु रैछ,
नयाँ वर्ष भन्नु मात्रै, घाम छायाँ उहि छ ।




