गैंडा मार्न सुरक्षाकर्मीकै हात त छैन ?

यो गैंडा बुधबारनै मारेछन् शिकारीले । चितवनको तमोर तालमा शिकारीले बन्दूक हान्दा  चाल पाएका रहेछन् । तर यसैको सुरक्षाका नाममा करोडौं खर्च गरेर बसेका  शुरक्षाकर्मी चुपचाप लागेर बसेछन् । बुधबार बन्दूक पड्केको सुनेर, जानेरपनि त्यसैको लागि सुरक्षा गर्न बसेका सुरक्षाकर्मी गएनन् । ति चुपचाप लागेर बसे। अनि बुधबार मात्रै हेर्न गए । गैंडाको खाग र खुर झिकिएको गैंडा म्रित अवस्थामा पानीमा ढलिरहेको देखे ।

बुधबार राष्ट्रिय निकुञ्जकै रेन्जरले भनेका छन्- हामीले बुधबारनै बन्दुक पड्केको सुनेका थियौं । बिहिबार गस्तीमा जाँदा गैंडा भेटियो । के यो सामान्य हो ? बुधबार बन्दूक पड्केको आवाज सुन्नासाथ ति किन खोजिमा गएनन् ? गैंडा मारिएकोठाउँ तमोर तालबाट निक्ञ्जभित्रै बस्ने सुरक्षा पोष्टपनि धेरै टाढा छैन । त्यहाँ पुग्न कठिन पनि छैन । तमोर तालमै पुग्ने गाडी जाने बाटो छ ।

त्यहि जिवजन्तुको चोरी शिकारी होला भनेरै त जंगल भित्र सुरक्षा पोष्ट राखिएको हो ।  सुरक्षाकर्मी राखेको हो राष्ट्रको करोडौं खर्च गरेर । त्यहि गैंडा जोगाउन भनेरै दर्जनौं हात्ती पालिएको हो सुरक्षाकर्मी बोक्नकालागि । अनि सवारी साधन उत्तिकै छन् । तिनको प्रयोजन के हो ? त्यत्रो स्रोत र साधन भएका सुरक्षाकर्मी के बन्दूक पड्केको सुनेपछि खोजिमा जान सक्दैनथे ?

यो पटक्कै सामान्य घटना होइन । कतै दूर्लभ जिवजन्तु सुरक्षाकालागि भनेर निकुञ्ज भित्रै बसेका सुरक्षाकर्मीकै संलग्नता छैन शिकारीहरुसित ? नत्र बुधबार बन्दूक पड्केको सुनी सुनी किन गएनन् सुरक्षाकर्मी खोजि गर्न ? (फोटो रबी रोसीको फेसबुकबाट लिइएको हो) ।

तपाइँको प्रतिक्रिया