दर्शक सयौं, नाच्ने पाँच वर्षे वालिका

asmita-6.jpg

पाँच वर्षकी बच्चि सयौ मान्छेका अगाडि छमछमी नाछिन रे भन्दा हत्त पत्त कसले पत्याउँछ र ? आम मानिसहरुले झैं आफुलेपनि पत्याइएन नै । थुप्रैले सुनाए-अस्मिता अधिकारी र अर्कि बच्ची नीकिता उपाध्याय छमछमी नाच्छन रे । यसो कुनै गित बज्ला अनि अलि अलि हामी बच्चामा फन्को मारेझैं गर्लान । बच्चाले नाचेको त्यति भएपनि सबैलाई राम्रो लागिहाल्छ । त्यस्तै सोचियो । तैपनि आफुलाई हेर्ने मेसोनै भने परेको थिएन । अनि गत सालको एन आर एनको वार्षिक कार्यक्रममापनि त्यसै भनियो । त्यो बेलामा भने आफुपनि सहभागि भएको मेसो पर्‍यो । कार्यक्रम शुरु भयो । केही बेरपछि लौ अस्मिता अधिकारी भन्ने नानी नाच्छिन रे अब भने । केहीबेरमा गित बज्यो-

मैछोरी सुन्दरी,

घैला भन्दा सानी,

उठी उठी भरौं भने घैला भन्दा सानी,

बसी बसी भरौं भने कम्मर दुख्ने बानी ।  

asmita-5.jpg

नानी त सानो घैला बोकेर हाँस्दै मञ्चमा आइन । रातो लुगा, अलिअलि सिँगारपटार अनि धोती लगाएर घैला बोकेर निस्किइन । गित बज्यो । उनले गज्जबले नाचिन बा । नाच चानचुने थिएन । त्यत्रा मान्छेका अगाडि त्यति सानी फुच्चिले नडराइकन त्यस्तो गज्जबले नाच्न सक्ने ! गज्जबै भयो । कुनै पेशागत नर्तकिको भन्दा कम्ति नलाग्ने । बेला बेलामा उनी आफ्नी आमातिर हेर्थिन कतै नाच्दा नाच्दै बिग्रन्छ कि भनेर होला ।

asmita-4.jpg

आमालेपनि निर्देशन गरेझैं गर्थिन ।

asmita-8.jpg

त्यसपछि अर्कि नानी नीकिता उपाध्याय आइपुगिन। जम्मा सात वर्ष कि । तिनमापनि कुनै असहज देखिएन । गुन्यू र चोली ढल्काएर बडो गज्जबले नाचिन । अचम्मै लाग्यो । हामी त्यति सानो हुँदा अलि ठुला मान्छेका वरिपरि पर्नपनि डराउँथ्यौ । बोल्न त परै जाओस । यहाँ यति साना नानीहरु कुनै डर र दकस नमानी सयौं दर्शकका अगाडी आफ्नो सिप देखाइरहेका छन । 

nepali-community-in-paris-nepalplus.jpg

यि नानीहरुले अन्य केही कार्यक्रममापनि फ्रान्सेली र नेपालीहरुलाई आफ्नो कला देखाइसकेका रहेछन । यस्ता फुच्चिहरुले त्यस्तो कला देखाएपछि प्रशंसा नगर्ने त कोही हुने भएन नै । यि नानीहरुलाई त्यस्तो न्रित्य सिकाउने काम ज्योती अधिकारीले गरेकि रहिछन । जो यहाँका नेपाली कार्यक्रममा बेला बखत न्रित्य देखाउने गर्छिन ।

जेहोस, बिदेशका अन्य देशहरुमापनि बेला बखत त्यहिकै कलाकारहरुले सांस्क्रितिक कार्यक्रम देखाएको नसुनिने होइन नै । तर अधिकांश देशमा कलाकारको खाँचो रहेको सुनिन्छ । त्यस्ता देशहरुमा बस्ने नेपालीहरुले यि नानीहरुले झै किन नसिक्ने ? । सानैबाट केहि फुर्सदिलो समयमा यसरि नेपाली कला, संगित र न्रित्य सिकाउने हो भने एकातिर तिनले आफ्नो संस्क्रिति भुल्दैनन भने अर्कोतिर तिनले नेपालको संस्क्रिति र कला प्रचारप्रसार पनि गर्ने थिए । सानोमा सिकाउने हो भने छिटो र सजिलोसँगपनि सिक्छन । आफ्नो ब्यक्तित्वको बिकास त छँदै छ ।

तपाइँको प्रतिक्रिया