जम्ने भो पेरिसमा नेपालीको फूटबल

कठ्यांग्रिँदा जाडाका दिन गए । अब डाँडाकाँडा सबै हाँस्ने दिन आए । चारैतिर फूल र वनस्पती समेत रमाएको देखिन्छ । जिवजन्तु सबै बाहिर देखिन्छन्, रमाउँछन् । मान्छेको मन झन किन रमाउनु ? बिदेश बस्ने नेपालीको त झन् कुरै बेग्लै । असाध्यै ब्यस्त हुन्छन् । रमाईलो गर्ने भन्ने दूर्लभ जस्तो बन्छ । त्यसैले गर्मीयाम पारेर मात्रिभूमीका दशौँ क्षेत्र, दर्जनौं भाषा बोल्ने र आआफ्नै पारा, संस्क्रिति भएकाहरु जमघट गरेर रमाउने कोसिस गर्छन् । नयाँ वर्षले फूटबल खेलेर रमाउने, भेटघाट गर्ने त्यस्तै साईत जुराइदिएको छ पेरिसका नेपालीलाई ।

नेपाली एकता समाजले आउँदो मे २ का दिन फूटबल प्रतियोगिता र पिकनिक समेत राखेको छ । दिउँसो १२ बजेबाट शुरु हुन्छ भाँसेनको बगैंचामा । फूटबल खेल्ने, हेर्ने र पिकनिक समेतको लागि जम्मा पाँच यूरो राखेको छ दस्तुर । फूटबल खेल्ने, नखेल्ने, हेर्ने, रमाउने, साथीभाई भेट्ने सबैलाई निमन्त्रणा गरेका छन् ।

अन्य साथीभाईलाईपनि यो खबर पुर्‍याईदिन एकता समाजले आग्रह गरेको छ । कार्यक्रमका बारेका जानकारी लिन तलका नंबरमा संबन्धित ब्यक्तिलाई फोन गर्न सकिन्छ ।

मिति-            ०२ मे २०१०

समय-            मध्यान्ह १२ बजेबाट

स्थान-           सातो र भाँसेन (Chateau de vincenne)

मेट्रो-              सातो द भाँसेन, लाईन १

 सम्पर्क ब्यक्ति

राम मगर———–      ०६२६७०४०११ (खेलकुद संयोजक )

संतोष लिम्बु———–   ०६४२२८८०२९  

प्रमोद पाण्डे———–       ०६८२८७४४६३

तप्त भण्डारी———–        ०१५८८९११७७

(सूचना- नेपाली एकता समाजलेनै आगामी मे २७ तारिखका दिन पेरिसस्थित आईफल टावर अगाडि (थ्रोकादेरो)  भगवान गौतम बुद्दको जन्म जयन्तीको उपलक्ष्यमा दिउँसो तिन बजेबाट शान्ति र्‍याली गर्ने भएको छ । त्यस कार्यक्रमको बारेमा पनि अरुलाई खबर गरिदिन समाजले आग्रह गरेको छ)

तपाइँको प्रतिक्रिया