गजल
-गीता थापा (दोषी) / इजरायल
म पत्थरमा पनि देवतानै देख्ने मान्छे
म कर्मबिर बनि इतिहास लेख्ने मान्छे
++++++++++
वैरीको सामुमा झुकाउँदिन आफ्नो शिर
म एकता बलले शत्रुता मेट्ने मान्छे
++++++++++
सबै हुँदा खुशी जहाँ विश्वाशलाई भेट्छु
म अन्यायको बिरुद्द घाँटी रेट्ने मान्छे
++++++++++
डराउँदिन कहिल्यै नि दुख कष्ठ देखि
म दुखैमा जीवन भोगाइ भेट्ने मान्छे





