देशैभरि धमाधम जनसत्ता गठन गर्दै छ माओवादी

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र नयाँ संबिधान बनाउने मूल नाराका साथ सरकारमा गएका हुन् कांग्रेस र एमाले। ति दुबै काम गर्न नसकेको र सरकारपनि नछोडेको भन्दै माओवादीले तिनलाई तह लगाउन फेरी स्थानिय जनसरकार ब्युँताउने रणनीति लिएको छ । र अब संबिधानपनि नबन्ने निश्चित देखिएपछि केन्द्रिय सरकारलाई टक्कर दिन पून नयाँ जनसरकारहरु ब्यँताउन लागेका हुन् । माओवादीले यस्तो सरकार खासगरि कांग्रेस र एमालेले नयाँ संबिधान नबनाउने, संबिधान सभा भंग गर्ने र राष्ट्रपतीलाई सक्रिय गराएर शासन चलाउने योजनामा रहेको भन्दै त्यसलाई चुनौती दिन गठन गरेका हुन् ।  त्यस्तो सरकार टोलसम्मै गठन गर्न लागेका छन् ।

माओवादीले त्यस्ता स्थानिय सरकार पश्चिम र पूर्वका केहि ठाउँमा गठन गरिसकेका छन् । माओवादीले स्थानिय जनसत्ताका नाममा ब्रिहद शान्ति संझौता अघि यस्तै स्थानिय जनसत्ता चलाउँदै आएको थियो । ब्रिहद शान्ति संझौता अनुसार त्यस्ता जनसत्ता उनीहरुले बिघटन गरेका थिए । अहिले सरकारलेनै उक्त ब्रिहद शान्ति संझौता भंग गरेको भन्दै फेरी तिनै स्थानिय जनसत्ताहरुलाई पूनर्गठन गर्न लागेका हुन् ।

उनीहरुले यस्ता स्थानिय सरकार चलाउनको लागि पश्चिम र पूर्वका केहि जिल्लामा समितीहरु गठनपनि गरिसकेका छन् । जिल्लाजिल्लामा गठन भएका तिनै समितीलेनै स्थानिय गाउँ र टोलसम्मै स्थानिय सत्ता गठन गर्ने उनीहरुले बताएका छन् । सरकार र प्रमुख दलबिच संबिधान निर्माण नयाँ सरकार गठन बारे सहमती भए यस्तो जनसत्ता स्वत: निष्क्रिय रहनेपनि माओवादीहरुले बताएका छन् ।

‘जनताले मत दिएर पठाउँदापनि सरकार बनाउन नदिएपछि के गर्ने त ? अब जनताले आफ्नै नेत्रित्वमा सरकार चलाउनुपर्छ’ माओवादी नेताहरुले स्थानिय जनतालाई यहि भन्दै हिँडेका छन् । अब बन्ने माओवादीको स्थानिय जनसत्तामा स्थानिय तहको सुरक्षाकालागि छुट्टै ईकाइ बनाएर गाउं र टोलको सुरक्षामा ध्यान दिनेपनि बताइएको छ ।

ब्रिहद शान्ति संझौतापछि माओवादीले स्थानिय जनसत्ता भंग गरे लगत्तै देश भरि अशान्ति मच्चिएको, माओवादीको स्थानिय जनसत्ता रहुन्जेल समाजमा हत्या र हिंसा नभड्किएको मूल्यांकन गर्दै उनीहरुले सुरक्षाकालागि छुट्टै निकाय बनाउन लागेका हुन् । जिल्ला देखि गाउँ र टोलसम्म गठन हुने भनिएको त्यस्तो सुरक्षा निकायमा जुनसुकै पार्टीका कार्यकर्तालाईपनि लिईने र तिनले गाउँ र टोलमा स्थानिय जनताको सुरक्षा गर्ने बताइएको छ ।

संबिधान बन्ने भनिएको जेठ १४ सम्ममा माओवादीले सकभर देशभरिनै यस्ता स्थानिय जनसत्ताका लागि समितीहरु गठन गरिसक्ने बताइएको छ । त्यसको लागि अहिले माओवादी जिल्ला ईन्चार्जहरुले  धमाधमा गाउँ गाउँमा प्रशिक्षणहरु चलाईरहेका छन् ।

तपाइँको प्रतिक्रिया