एउटै मान्छे विश्वभरिकै नागरिक ?
कति राजनितिका बारेमा मात्रै कुरा गर्ने होइन ? कहिलेकाहिँ त वाक्कै लाग्छ । तपाइँहरुलाईपनि सायद त्यस्तै लाग्दो हो । तर के गर्ने ? देशको समग्र स्थिति ठिक हुन पहिले राजनिति नै ठिक हुनु पर्छ मुलत । त्यसैले अहिले राजनितिकै कुरा बढि हुन्छन । जे होस मैले आज भने राजनिति भन्दा बाहिरको सामाग्रि पस्कने बिचार गरेको छु । त्यो हो-के कुनै एउटा ब्यक्ति विश्वभरिकै नागरिक हुन संभव छ ? यति भन्दापनि तपाइहरुलाइ यो नेपाल प्लसको मान्छे बहुलाएछ कि के हो भन्नेठान्नु होला । तर मैले पाएको तस्बिर सहितको परिचयपत्रले त्यसै भन्छ । त्यो हेर्न भित्र छिर्नुहोस ।
यो परिचय पत्रमा स्पठ लेखिएको छ –विश्व नागरिक । त्यहाँ एउटा भाषामा मात्रै नलेखिएर थाइ,कम्बोडियन, अरबी, जापानी, नेपाली भाषामा समेत छ । महत्वपूर्ण कुरा त के छ भने कार्डको देब्रे कुनामा World Citizenship ilmplies the right to vote for a direct representation to a peoples’ World Assembly भनेर लेखिएको छ । कार्ड नंबर छ- ०२३४४३ । तस्बिर भएको पट्टि जहाँ छाप छ त्यसमा फ्रान्सेली भाषामा विश्व नागरिक दर्ता भनेर लेखिएको छ । यो छाप भएकोले पनि कुनै नागरिक त्यसरि विश्व भरिकै नागरिक बन्न सक्छन भन्ने देखियो । कार्डमा फोटो भएतिरै लेखिएको छ-This card certifies that the holder is registered as a world-citizen. He will try to recognize his responsibilities as a member of the world citizen. परिचय पत्रको भुइँमा देखिने जुन हरियो किरमिर किरमिर अक्षरहरु छन ति सबै बिभिन्न भाषामा “अन्तर्राष्ट्रिय नागरिक दर्ता” भनेर लेखिएको हो ।
परिचयपत्र वाला मानिस जर्ज ल ब्रेक भन्ने ब्यक्ति तपाइँहरुका लागि नयाँ नाम लागेपनि यि नेपालका लागि अति महत्वपूर्ण ब्यक्ति हुन । सन १९५२ तिर राजा महेन्द्र फ्रान्स आएका थिए । उनको फ्रान्सका राष्ट्रपति चार्ल्स द गोल सित राम्रो हितैषी थियो । फ्रान्सको पर्यटन बिकास देखिएर लोभिएका महेन्द्रले गोललाई नेपालमा पनि पर्यटन बिकासको खाका तयार पारिदिनु पर्यो भनेर आग्रह गरेपछि गोलले जर्ज ल ब्रेकलाई नेपाल पठाएका थिए । अनी गोलको निर्देशनमा ल ब्रेकले झण्डै १० वर्ष लगाएर नेपालको पर्यटन विकासको खाका बनाएका हुन । उनैको खाका अनुसार महेन्द्रले काम गर्न निर्देशन दिएका थिए । उनी नेपालका लागि पेरिसका महावाणिज्यदूतपनि रहे निकै वर्षसम्म । उनी महेन्द्रका हितैषी त थिए नै पछि विरेन्द्रका निकट बने । विरेन्द्र राजकुमार छँदा उनी नोर्मदी भन्ने समुद्रि किनारको घरमा बसेर फ्रान्सको क्रिषी संबन्धि अध्ययन गरेर गएका थिए । यिनै जर्ज लब्रेक पछि थाइल्याण्ड र कम्बोडिया लगायतका थुप्रै देशमा पनि गएछन पर्यटनकै खाका कोर्न । त्योपनि त्यहिँकै सरकारको आग्रहमा ।
यो तस्बिर वा उनको परिचयपत्र मैले उनैकि पत्नी आलन ल ब्रेकको एलबम बाट लिएको हुँ । जर्ज अकस्मात खुट्टा फुलेर बिरामी परेर बिते । जेहोस, उनको त्यो हैसियत र उनी त्यति धेरै जिम्मेवारीपूर्ण काम गर्ने मानिस भएकालेपनि अवश्यै त्यत्तिकै त बनाएनन होला । मैले उनकि पत्नि सित कुरागर्दा उनी निकै सहज तरिकाले विश्वका बिभिन्न मुलुक जाने गरेको बताउँछिन ।तर मैले यो विषयमा पेरिसस्थित नेपाली दुतावासका कार्यवाहक राजदूत अरुणकुमार धिताल समक्ष जिज्ञासा राखेको थिए एक दिन फ्याट्ट भेट हुँदा । उनले चाहिँ त्यसो हुन संभव हुँदैन बरु कुनै संस्थाले त्यस्तो कार्ड बनाइदिएको हुनसक्छ भन्ने जवाफ दिए । बरु तपाइँहरुलाइ यसबारे केही जान कारि भए लेख्नुहोस न है ?
जर्ज ल ब्रेक र नेपालको सबन्धबारे थप पढ्ने भए-






