सरकार गठनको कुरा मिल्यो, प्रमुख मन्त्रालय भागबण्डा
प्रधानमन्त्रि-पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्रि-डा. बाबुराम भट्टराई
नेपालमा के के हुन्छ के के केही थाह पाइन्न । आजसम्म सरकार गठनकालागि के हुँदैछ भन्ने केहि टुंगो नलागे जस्तो देखिन्छ बाहिर बाहिर । तर भित्र भित्रै भने राष्ट्रिय सरकार निर्माणको कुरा झाण्डै झण्डै पक्का जस्तै भइसकेको छ । सकभर सबैलाई सँगै लिएर जाने सहमति भएको छ राष्ट्रिय सरकारमा । नभए माओवादीको नेत्रित्वमा नेपाली कांग्रेस र एमाले पक्का जाने भएका छन । उनीहरु राष्ट्रिय सरकार बनाउनुपर्ने कुरामा सहमत भएका छन । प्रमुख मन्त्रालयपनि करिब करिब भागबण्डा मिलाइसकेका छन । अन्य मन्त्रालयहरु भने तराइ मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी लगायतलाई दिनेगरि प्रमुख तिन दलले महत्वपूर्ण मन्त्रालयहरु भागबण्डा गरेका हुन । तिन दलहरु एक आपसमा सहमत भएपछि अब तमलोपा, सद्भावना, फोरम र अन्य साना दलसित छलफल गर्ने भएका छन । प्रमुख मन्त्रालय कस कसलाई ?
प्रधानमन्त्रि-पुष्पकमल दाहाल
उपप्रधानमन्त्रि तथा ग्रिह मन्त्रि-बामदेव गौतम
अर्थ मन्त्रि-डा बाबुराम भट्टराई
रक्षामन्त्रि-डा राम शरण महत बाँकि चाहि थाह हुन सकेको छैन । फोरमलाई सकभर कम महत्वपूर्ण मन्त्रालय दिने अनि पटक्कै मान्दै नमान्ने स्थिति भए परराष्ट्र मन्त्रालय वा स्थानिय बिकास वा यस्तैमा चित्त बुझाउन सकिएला भन्ने सोच तिन पार्टीको रहेछ । सरकार गठन सकभर भोली नै गर्ने सहमतिपनि भएको छ । हुन त नेपालको राजनिति हो, अन्तिम समयसम्मपनि राष्ट्रपति निर्वाचनमा जस्तो नाटकिय परिवर्तन हुन सक्छ नै ।