नयाँ वर्षको शुभकामना !
-कपिल अधिकारी / ताइपे, ताइवान
हरेक साल दिइएको छ
लिइएको छ शुभकामना
कति डंगुर छ कामना को पुलिन्दा
हर आँखा मा कति छ आशा, सपना, कामना,
++++++++++
खै जति दिएपनि, जति लिएपनि
यी कामना हरू
हाम्रो दैलो मा किन छैन शुभ ?
समय टक्क अडेको छ
जहीं को तहीं,
अरू दौडी रहेछन
ओरालो लागेको किन होला मान्छे र देश
किन यस्तो नियति ?
दशकौं यो देखेपछी, भोगे पछी
कसरि, कल्लाइ, केको बाँड्ने शुभकामना
यसपाली बाँड्दिन नयाँ वर्षको शुभकामना !
यसपाली लिंदिन शुभकामना !
++++++++++
शुभ कार्य गर्न सक्नेले
डाडु पन्यो, भण्डार हुनेले
बबाल गर्दै हिंड्दा
अधर को खुशी लुट्दै हिंड्दा
थाहा नपाए जस्तै
नदेखे जस्तै चुपचाप छौं
खै किन बल्दैनौ आगो भइ आक्रोशको
किन पडकन्नौं गोला, बारूध भएर ?
हामी ज्ञानी मान्छे
भिजेको मनले
आफन्त मा, साथीभाई मा बाँडी रहेछौ
इद, छत, लोशार, साकेला
दशैं तिहार को शुभकामना
विक्रम, नेपाल, अंग्रेज
अनि चिनिया नयाँ वर्षमा
खन्याएका छौं कामना
खै कता गए, के भए
हामी ले दिएका शुभकामना
लिएका कामना ?
++++++++++
किन जुग देखि कुल्ची रहिएको छ
हाम्रो सपनाहरू
कैले पो पुरा होला हाम्रा यी कामना हरू
शुभकामना हरू
++++++++++
१ बैशाख,२०६७




