आजको अन्तिम पार्थना

डा. मधु माधुर्य, मस्को 

madhu-madhurya-nepalplus.jpg

हे भगवान् ! तिमी कहाँ छौ ?

जसरी भए पनि एकचोटि नेपाल आऊ !

भत्केका तिम्रो डेरा, मूर्तिबिहिन मन्दिरहरु हेर !

देवता बिर्सनेहरुको लाममा मान्छेको क्रन्दन छटपटी हेर !

पखेटाबिना नै राजा उडिसक्यो, राज्य चलाउँछु भन्नेहरुको तमासा हेर !

आफैआफैबीच नग्न लुछाचुँडी ! ब्वाँसोको जस्तो चाल हेर !

देशका जुकाहरुलाई पदको परिभाषा कुर्सीको स्वाद मात्र थाहा

चुनाव जितेकालाई कुर्सी भन्दा देश ठुलोभन्ने पाठ सिकाइदेऊ !

आपसी द्वन्द्वले राष्ट्रको अस्तित्व मेटिने खतरा बढ्दो

नेता भनाउँदाहरुलाई राष्ट्रको परिभाषा सिकाइदेऊ !

जे पायो त्यही बोल्छन्, मनपरी गर्छन् नेताहरु

नेपाली नेताहरुलाईअन्नखान सिकाइदेऊ !

मर्यादाक्रममा दोस्रा शीर्ष नेतालेनेपाली नै हुँभनी जिद्दी गरिरहेछ,

हो भने, उसलाई छिटै नेपाली भाषा पनि सिकाइदेऊ.. !

हे भगवान ! तिम्रोअभावजताततै खट्किरहेछ यहाँ !

तिमी कहाँ छौ ? किन मौन छौ ?

नेपाली दूतावासले राहदानीमा रेफ्युजछाप हानेछ भने

तिमी शरणार्थी भएर पनि नेपाल आऊ !!

 हे भगवान ! नेपाल बचाऊ !! नेपाली बचाऊ !!! 

३१.०७.२००८

तपाइँको प्रतिक्रिया