समय सान्दर्भिक गजल
-नेपोलियन मरहट्टा
सत्ता हाँक्ने तिम्रो कुर्सी थर्किँदै छ ख्याल गर,
सु-दिन् सँगै, कु-दिन् पनि फर्किंदैछ ख्याल गर ।
——————
हरुवाको सरकार तिम्रो इतिहास्मै पहिलो थ्यो,
खोटो भाग्य, त्यहि पनि चर्किंदैछ ख्याल गर ।
——————
तिम्रो स्वार्थी निर्णयले जनताको मनभरि,
हुरि चल्यो, अब बादल् तर्किंदैछ ख्याल गर ।
——————
तिम्लाई खुट्टा सापट् दिने बूढा ज्यूँदा छैनन् अब,
वैशाखीको खुट्टाहरु मर्किंदैछ ख्याल गर ।
——————
कमिसन, थैली भित्र गाँठो पार्छु भन्दै थियौ,
त्यहि गाँठो घाँटी निर सर्किँदै छ ख्याल गर ।
(गजल र गजलले संकेत गर्न खोजेका पात्रलाई सान्दर्भिक बनाउन यो गजलमा गजलकार नेपोलियनको तस्बिर नराखेर प्रधानमन्त्री माधव नेपालको राखिएको हो-नेपालप्लस) ।





