पासपोर्ट काण्डमा घुँडा टेक्यो सरकारले

मेशिनले पढ्ने पासपोर्ट भारतलाई छाप्न दिउँला र भारतको साखुल्ले बनौंला, नेपालको होइन भारतको सुरक्षा र स्वार्थ हेरौंला अनि करोडौं घोटला गरेर खल्ति भरौंला भन्ने दाउमा रहेको सरकारले अन्तत: घुँडा टेकेको छ । एक महिना अघिदेखि एक रटानले भारतलाई छाप्न दिनै पर्छ भन्दै आएका प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता र कार्यकर्ताले गल्ति भयो भन्दापनि टेरपुच्छर लगाएका थिएनन् । सर्बोच्चले तत्काललाई भारतमा छाप्न नदिनु भने आदेश गर्दापनि त्यसलाई लत्याउँदै थिए । अहिले आफ्नै पार्टीका नेता, कार्यकर्ता र सभासदले राजिनामानै मागेपछि र माओवादी त्यसका बिरुद्द जमेर सडकमा निस्केपछि घुँडा टेक्न बाध्य भएको छ ।

हिजो रातारात मन्त्री परिषदको बैठक बसेर मेशिन रिडेबल पासपोर्ट भारतलाई छाप्न दिने आफ्नै निर्णय रद्द गरेको हो । यसमा एक हिसाबले भन्ने हो भने सरकार लज्जास्पद ढंगले हारेको छ । भारतको पनि हार भएको छ यो मामिलामा । परराष्ट्र मन्त्री, प्रधानमन्त्री, ग्रिहमन्त्री लगायतकाको ओंठतालु सुकेको छ ।

सोतहरुका अनुसार यो मामिलालाई खासगरि माओवादीले सरकार ढाल्ने प्रमुख हतियारका रुपमा लिएको देखेरपनि सरकारले घुँडा टेक्ने निर्णय गरेको हो तैपनि तत्कालकालागि बचाउन सकिन्छ कि भन्ने आशाले । यो मामिलामा माओवादीपनि सम्पूर्ण शक्ति लगाएर घुँडा टेकाउने निर्णयमै पुगेको थियो ।

कांग्रेसका नेताहरु यो मामिलामा तै चुपमै चुप भएपनि अधिकांश एमालेका नेता र कार्यकर्ताले भारतलाई दिने निर्णयको बिरोध गरेका थिए । यसबाटपनि देखिन्छ राष्ट्रियताका विषयमा बढि संबेदनशिल को छन् भनेर ।

सरकारले भारतलाई पासपोर्ट छाप्न दिने निर्णय फिर्ता लिनासाथ माओवादीका अध्यक्ष प्रचण्डलेपनि कान्तिपुर टिभीलाई अन्तर्वर्ता दिँदै नेपाल बन्द फिर्ता लिएको घोषणा गरे । योपनि सकारात्मक कदमनै हो । अब पासपोर्ट कसलाई छाप्न दिने भन्ने निर्णय प्रतिस्पर्धाका आधारमा हुनेछ । नैतिकताको एक थोपो मात्रै बाँकि भए यो सरकारले तत्काल, एक मिनेटपनि कुर्सीमा नबसी राजिनामा दिनुपर्ने हो । तर हरौटेहरु लाजै नमानी कुर्सीमा टास्सिँदैआएका हुन् के राजिनामा दिन्थे !!

तपाइँको प्रतिक्रिया