गजल

-प्रकाश सापकोटा

दोबाटोमा कुरेको ‘नि कति भयो कति भयो

धैर्यताको बाँधै टुट्यो अब चाहिँ अति भयो

—————-

भन्नै पर्‍यो वस्मा छैन अब आफ्नो मन पनि

हरपल टोलाउने एकोहोरो मति भयो

—————-

न छ भोक न त निन्द्रा हराए ती सबैथोक

उहि पुरानो झझल्कोले आज यस्तो गति भयो

—————-

अजबको लक्षण यो गजबको विमारमा

उनकै सम्झना पो बरु उत्तम ओखति भयो

दुनियाँमा धेरैथोक जितेजस्तो ठानेँ तर

आज मलाई नै कतै हराउने पिरति भयो

तपाइँको प्रतिक्रिया