गजल
-एस.एच. निरौला / शंखमूल, काठमाडौं
आफन्त नै सधैंभरी किन काट्छौं हामी
शत्रुसँगै घाँटी कस्ने दाम्लो बाट्छौ हामी ।।
—————–
भाईफुटे गवार लुटे कैले बुझ्ने कुन्नी ?
मृतकाय स्वजनमा झण्डा गाड्छौं हामी ।।
—————–
पानीफोका सरी सधैं कत्ति फुट्नु पर्नै ?
टाकुराको च्याउ खाई वन फाड्छौं हामी ।।
—————–
लक्ष्यसम्म पुर्याउने पैताला हो आफ्नै
गलालाई तक्मा बेची टीका थाप्छौं हामी ।।
—————–
भण्डारनै सुम्पिएर काँशी जाउँ हुन्न ?
हुन्छ हुन्छ भन्दै जुठो थुक चाट्छौं हामी ।।




