भेटियो रहस्यमय जिव यती ! (भिडियो सहित)
यतीका बारेमा अनेक खालका किम्बदन्ती थिए । कोही छ भन्थे त कोहि अन्धविश्वास हो भन्थे । कोही भने भालु जस्तै छ, अस्तित्वमा छ भन्थे । हिमाली जनजिवनमा झन रहस्यमय जिवकै रुपमा थियो । पश्चिमाहरुले पनि लाखौं करोडौं खर्च गरे यती के हो भनेर बुझ्न, देख्न र पत्ता लगाउन । तर पनि यती रहस्यमय नै थियो । तर अहिले भने साँच्चै यती फेला परेको छ दाबी गरिएको छ तस्बिर सहित दिएर । चिनको सिचुवान प्रान्तमा पाइएको दाबी सहित बेलायतबाट प्रकाशित हुने द टेलिग्राफलाई उध्रित गर्दै नेशनल ज्योग्राफिक न्युजले यतीको फोटो सहित प्रकाशित गरेको छ ।
पत्रीकाले लु सिन भन्ने एक जना शिकारीको भनाईलाई मुख्य आधार बनाएको छ । शिकारीका अनुसार यती झट्ट हेर्दा भालु जस्तै देखिन्छ । तर उसको शरिरमा भालुका जस्ता भुत्ला छैनन् । पुच्छर भने कङ्गारुका जस्ता लामा छन् । आवाज बिरालोको जस्तो छ । स्थानिय स्तरमा यतीका बारेमा प्रचल्त भनाईहरुसित मिल्दो जुल्दोनै छ । स्थानिय स्तरमा यती मानवका रुपमा रहेको भालु हो भन्ने किंबदन्तीहरु पाइन्छन् । केहि मानिसहरु चाहिँ अहिले फेला परेको त्यहि मानव हो भन्ने सोच्छन् ।
तर केहि बैज्ञानिकहरुले भने त्यो नयाँ जिव नभएर कुनै बिरालो जातीको सानो जिव हुनसक्ने तर्क गरेका छन् । त्यस्तै बिभिन्न रहस्यमय जिवका बारेमा ३० भन्दा बढि पुस्तक लेखेका अमेरिकी लेखक लोरेन कोलमेनलेअहिले यती भनिएको जिव कि त हिमालयन पाल्म सिभिट भनिने एक खालको जंगली बिरालो हुन सक्ने बताए । यतीको भिडियो तस्बिर र नेशनल ज्योग्राफिकको पूर्ण रिपोर्ट हेर्न हेर्न यहाँ क्लिक गर्नुहोस । तस्बिर द टेलीग्राफ बाट लिइएको हो ।





