हिन्दी भाषा बोल्ने भए !

-तिर्थ राज पाण्डेय

 मेरो सितल निवास मेरो पुर्खाको चिनारी !

नेपाल र नेपालीलाई जन्माउने ति नारी !!

पुज्य मेरी नेपाल आमा तिम्रा सन्तान मरी सके !

भाषा  बोली बिर्सिएर हिन्दी सुरु गरी सके !!

 गरिमाको पदमा बसी हिन्दी सपथ भईसक्यो !

नेपाली र नेपालको अस्तित्व नै गैसक्यो !!

राष्ट्रियता भनुँ भने केनै बाँकी छ र !

हे देशका कलंक हो सपथ त नेपाली मा गर !!

बोली भाषा लाउने लुगा सबै छोडिसके !

देशको नियम बनाउनेले नियम तोडीसके !! 

आमाको काख बिर्सियोकी बोली बिर्सिगयो !

हिन्दी भाषामा  सपथ लिने के नेपाली भयो !!

आफ्नो बोली आफ्नो भाषा धितो राख्या छौ र !

हिन्दी भाषामा सपथ लिने नेपाली नै हौं र !!

हिमाल पहाड तराइ हामी नेपाली हो मन !

हिन्दी भाषा सपथलिने कोहौ तिमी भन !!

शाहीदको रगतको लिपी छँदा छँदै !

हिन्दी भाषा सुरु भयो आमा हुँदा हुँदै !!

तिम्रो हिन्दी तिम्रो बोली तिमीसितै राख !

हिन्दी भाषा बोल्ने भए उतै तिर लाग !!

महाकाली -नेपाल

[email protected]   ।

तपाइँको प्रतिक्रिया