मानवेश्वर धरातल माथि
–रञ्जु आचार्य
अनिँदो रातको
एक अद्रिश्य छाँया
उदिग्न दिवा मनको तरेलिमा
पटाचार गरिरहेछ ।
——————–
अभीषण योगानुभूतीमा
लिप्त भएर
अनिषेधित अनुराग पोखिरहेछ,
किरण र बिकिरणको समागम सँगै
एक आकारको उदबोध हुन लागिरहेछ,
स्वागतमा हातहरु
पुष्पगुच्छा लिएर उभिएका छन
गुणमय, युगान्तकारी यलम्बर
आशातित आभासँग
अचानक खण्ड खण्ड बनिदिन्छ,
त्यतिखेर,
आँखाको परेलीबाट
तप्किएका आँसुहरु
किरणका अवशेष बोकेर मानवरहित बस्तिमा
पलायन भईदिन्छ,
आभा एकाएक बिलिन भईदिन्छ,
मात्र बाँकीरहन्छ एक भावक
आफ्ना खण्डहर मनलिएर, मानवेश्वर धरातल माथि ।।।




