भारतका सामु झुकें : प्रधानमन्त्री
जनताले गल्हत्याउँदा पनि छलछाम गरेर प्रधानमन्त्री बनेका माधव कुमार नेपाल आफैंले भारतसित आफु घुँडा टेकेको स्विकारे । यतिका समय सम्म ढाँटेर र लाज पचाएर चुप्प बसेका उनी आज बाध्य भएपछि मुख खोलेका हुन् मेसिन रिडीयबल पासपोर्ट (एमआरपी) छाप्न दिने संबन्धमा । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितीले मेशिन रिडियल पासपोर्ट भारतमा नछाप्न निर्देशन दिएको थियो । तर उनले भारतलाईनै छाप्नदिने निर्णय गरेका थिए। आज त्यहि संबन्धमा सार्वजनिक लेख समितिले उनलाई स्पष्ठिकरण लिएको थियो ।
स्पष्ठिकरण के हुन्थ्यो र भारतीय आशिर्वादमा प्रधानमन्त्री बनेकाको ? मालिकको चाकरी नगरि भएन । जसको आशिर्वाद र दबाबमा कुर्सी पायो उसका बिरुद्द जान के सक्नु ? उनले सिधै स्विकारे-म भारतसित झुकें, केहि सिप नलागेर, दबाबमा परेर पासपोर्ट छाप्न दिन बाध्य भएँ ।
“भारतले भनेको कुरालाई मैले नकार्न नसकेर दिएँ । भारतसितको हाम्रो राजनितिक र कुटनितिक संबन्धका कारणले गर्दापनि मैले भारतलाईनै छाप्न दिने निर्णय गरें।” उनले भने । अहिलेसम्म भने उनले सार्वजनिक लेखा समिति, सभासद र आम नेपाली जनतालाई ढाँट्दै आएका थिए ।
जनता र सार्वजनिक लेखा समितिलाई ढाँटेको भन्दै सभासदहरुबाट चर्को बिरोध शुरु भएको छ । सभासदहरुले प्रधानमन्त्रीको स्पष्ठिकरणपनि फेरि कसैको दबाबमा परेर झारा टार्ने र उम्किने ढंगले मात्रै आएको भनेर आपत्ति जनाएका छन् । बैठकमा माओवादीका सभासद पोष्ट बहादुर बोगटी (दिवाकर) ले सिधै भने- प्रधानमन्त्रीले सार्वजनिक लेखा समितिलाई ढाँट्यो । समितिलाई अपमान गर्यो । समितिको निर्णयलाई सरकारलेनै उल्लंघन गर्यो । अपारदर्शिढंग र नियम मिचेर काम गर्यो । संसद र सभासदलाई ढाँटेर अनुत्तरदायी काम गर्यो ।




