प्रत्येक मिनेटमा दुई वालिका बिक्रि
कस्तो दुख लाग्दो कुरा, यो समाचार तयार पारुन्जेल नै कम्तिमा ६० जना वालिका बिक्रि भैसके । तपाईले यो समाचार पढुन्जेलमै १० वालिका बिक्रि भैसके । यात यौन शोषण भैसक्यो । कि यातना खेपिरहेका छन् । तपाईले यो समाचार पढिरहेका बेलापनि यातनाले कति वालिका रोईरहेका छन् ।
वालवालिका भनेका भगवान हुन् भनिन्छ । तर पापी र असत्तीहरुका लागि त्यसको के मतलब ? मनमा न कुनै प्रतिस्पर्धा, न कुनै रिस राग । न आवेग न त कसैप्रति वैमनस्य । न हुन्छ ठगेर खाउँ, लुटेर जम्मा पारौं भन्ने भावना नै । तरपनि यस्ता अवोध वालवालिकालाई फकाएर, तर्साएर र अनेक जालझेलमा पारेर बलात्कार गर्ने गर्छन् पापीहरुले । तिनलाई अपहरण गरेपछि यौन गर्न बाध्य पारिन्छ । अझ पापीहरुले त्यस्ता अवोध वालिकालाई पालै पालो दर्जनौं ब्यक्ति मिलेर जबर्जस्ति यौन शोषण गर्छन् । नाई नास्ति गर्नसाथ कुट्ने र पिट्ने, यातना दिने गरिन्छ । कतिपयको हत्या गरिन्छ ।
एकाध घटना हो र ? मिनेटै पिच्छे दुई वालिका बेचबिखन गरिन्छ । यस्तो घटना जुन देशका वालवालिका दुख, पीडा, पिर, चिन्ता र अभावमा बाँच्छन् तिनै देशमा बढि हुने गरेको छ । हाईटी, वर्मा, नेपाल, अफ्रिका लगायतका देशमै यस्ता घटना बढि हुने गरेका छन् जहाँका वालवालिका बढि दुख र अभावमा कष्टमय जिवन बाँचिरहेका हुन्छन् ।
संयुक्त राष्ट्र संघका अनुसार वर्षकै लाखौं महिला तथा वालवालिका यौन शोषणका लागि बिक्रि गरिन्छन् । यो हाम्रो वर्तमान समाजकै एक डरलाग्दो समस्या हो । यसरि वालवालिका र महिला बेच बिखन हुनुको पछाडी कमजोर प्रशासन, प्रशासनमै भएकाको संलग्नता र राजनितिक दलको गलत नीति, अपराधीहरुलाई कडा सजायको अभाव, अपराधिहरुको सञ्जाललाई ध्वस्त पार्न नसक्नु लगायत हुन् ।
अहिले महिला तथा वालवालिकाको बेचबिखन रोक्न आवाज भन्नी एउटा सञ्जाल बनाएर प्रभावकारिरुपमा काम गर्ने प्रयास भैरहेको छ । सन् २०१० को लागि महिला वालवालिकाको क्षेत्रमा कस्तो काम गर्नुपर्ला भनेर गरिएको एक सर्वेक्षणमा विश्वभरिका मानिसहरुले महिला तथा वालवालिकाको बेच बिखनबिरुद्द प्रभावकारि काम गर्नुपर्ने भनेर भोट हालेका छन् । सर्बेक्षणमा ९० प्रतिशतले त्यसको पक्षमा मत हालेका थिए । त्यस्तो बिक्रि बितरण बिरुद्द काम गर्नकालागि सहयोगको आव्हान गर्दा दुई दिनमै चार लाख अमेरिकि डलर दान दिए मानिसहरुले । यो क्रम चलिरहेको छ । तपाईपनि यसमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस । यस संबन्धि अझ बढि जान्नकोलागि यहाँ, यहाँ र यहाँ जानुहोस ।(वालवालिकाको तस्बिर यसरि राख्ने चलन त छैन नै, तरपनि आवाज डट कमले राखेको रहेछ र मैले त्यहिँबाट साभार गरेको हुँ । आवाज त्यहि क्षेत्रमा काम गर्ने संस्था हो) ।




