एक्लो बृहस्पति

-कपिल अधिकारी / ताइपे, ताइवान

उ एक अराजक

भाग्छन, भाग्छु देखेर

अन्ट, सन्ट

बोल्छ, सोध्छ

खिस्याउँछ हामीलाई

बर्षा गर्छा प्रश्नको..

हाम्रो आस्था मा धावा बोल्छ

उपहास गर्छ आजको

धर्म, संस्क्रिति, इतिहास र वर्तमानलाइ

————-

उ बुद्धलाई गन्दैन

हामीलाई बुद्धु भन्छ

नाबालक छाडेर

सुत्केरी स्वास्नी छोडेर

बन बिहार गर्नेलाई

बिहार मा स्वानीमान्छे राख्न हुन्न भन्नेलाई

पूजा गरेकोमा,

लोक नै चेला भएकोमा

उ खिल्ली  गर्छ

देवताको कि प्रतिक नारि असमानताको ?

————-

राम र लक्ष्मणको भातृत्व

परापुर्बकाल को समलिंगी

ओ ! तिम्रो धर्मात्मा युधिष्ठिर

जुवाडे -स्वास्नी बाजी थाप्ने

अरनिको  ?

अहिलेका तिस लाख अरनिको हेर भन्छ

————-

हाम्रो संकृति नै, धर्म नै विकृत  उ भन्छ

प्रहार गर्छ

किन राम राजा को छोरा ?

कृष्ण राजा नै ?

स्रङचङगम्पो पनि राजा रे…

उसकै दुइ रानी सेतो र हरियो तारा रे..

बुद्ध पनि राजकुमार, राजाकै छोरा

भृकुटी राजकुमारी रे …

किन लेखिन्छ कथा राजा कै

बनाइन्छ   देवता राजा नै

म जस्ता  तिमि जस्ता उ जस्ता  उनि जस्ता

किन  केहि बन्दैनन् ?

सोध्छ मलाइ

————-

म आजलाई हेर्छु

नेता, नेत्री को छोरा नेता छन्

नेता, नेत्री की छोरी नेत्री  छन्

रिम्पोछेको छोरा रिम्पोछे

पत्रिका मा छन् उनकै स्तुति

छाएका छन् जताततै

परिवार वरीपरि घुमेको छ

आजको ठुला मान्छे !

————-

घाँसीले कुवा खन्नु पर्ने

घाँस बेचेर बाँच्नु पर्ने

त्यो महिन्द्र मल्ल धुँवा हेरर बस्थ्यो रे

तर कसैको भकारी मा अन्न छ छैन

कसैको लाउन जमिन छ छैन

उसले सोधेको छैन

कसैको दलानमा पुगेको खै कसैलाई

थाहा छैन

एक असल राजा उसकै गुणगान

तिमीले भन्ने उदाहरण !

————-

के पढी रहेछौ ?

के पढाई रहेछौ ?

के रोपी रहेछौ दिमाग मा ?

उ  आक्रमण गर्छ

मेरो, हाम्रो आस्था मा

मेरो दिमागमा

उ  एक अराजक

पागल हो कि एक्लो बृहस्पति

सोध्छु आफूलाई

अनि फेरी सोध्छु सबैलाई

के रोपी रहेछौं हामी हाम्रो दिमाग मा ?

केहि कतै नौलो बीज छ कि ?

तपाइँको प्रतिक्रिया