सेनालाई फुटाएर माओवादीले सत्ता कब्जा गर्ने
संबिधान जेठ १४ भित्रै बन्छ भनेर माओवादी वा अन्य दलहरु जति कुर्लेपनि त्यो सत्ते होइन रहेछ । नत अरु दल वा माओवादी, कसैलाई त्यसको भरोसा छ । बरु संबिधान जेठ १४ मा नबने के होला भन्ने शंका र त्रास भैरहेका बेला माओवादीले हाकै सत्ता कब्जा गर्ने रनणीति अँगालेको देखिएको छ । यो कसैको आरोप भन्दा पनि माओवादीका वरिष्ठ नेताको प्रत्यक्ष भनाई हो । माओवादीले नेपाली सेनामा बिभाजनसमेत गराएर सत्ता कब्जा गर्ने योजना बनाएको रहेछ ।
संबिधान नबन्ने पक्का भएरनै होला, अहिले माओवादीहरुले देश भरिनै आफ्ना बिभिन्न जनवर्गिय संगठनका नेता र कार्यकर्ताहरुलाई राजनितिक प्रशिक्षण दिईरहेका छन् । त्यस्तै राजनितिक प्रशिक्षण दिएर सत्ता कब्जाका लागि तम्तयार पार्न खोजिरहेको देखिन्छ ।
आफ्नो पार्टीसित संबन्धित शिक्षकहरुलाई चैत्र १२ गते एकिक्रित नेकपा (माओवादी) का महासचिव रामबहादुर थापा ‘बादल’ ले करिब दुई घण्टा प्रशिक्षण दिए । त्यो प्रशिक्षणमा उनले जेठ १४ मै आफ्नो पार्टीले सत्ता कब्जा गर्ने रणनीति बनाएको खुलासा गरेका रहेछन् । त्यो राजनितिक प्रशिक्षणको टेप प्रशिक्षणमा भाग लिएका एक शिक्षकले साँघु सप्ताहिकलाई उपलब्ध गराएको रहेछ् । बादलले उक्त राजनितिक प्रशिक्षणमा त्यहि बताएको साँघुले दाबी गरेको छ हिजोको अंकमा । बादलले प्रशिक्षण दिएको टेपमा स्पष्ठ त्यहि बताएका छन् भने त शंकै रहेन ।
जेठ १४ मा संबिधान जारी हुनैपर्ने र त्यो नभए संबैधनिक संकट आउने अनि त्यो संकटलाई अर्को कुनै बिधीबाट पुरा गर्नुपर्ने उनले बताएका छन् । के हो त त्यो बिधी ? उनको भनाईमा त्यस्तो संकटले क्रान्ति जन्माउँछ रे । सर्वहारा वर्गको सत्ता जन्माउन प्रतिक्रियावादीमा तिब्र संकट जरुरी भएकोपनि उनले प्रशिक्षणमा बताए । जेठ १४ मा संबिधान नबनेपनि दलहरुले समय थप्न सकिने बताइरहेका बेला बादलले भने ठोकुवाकासाथ भनेका छन्- “जेठ १४ मा कित दुष्मनले जितेर प्रतिक्रान्ति हुन्छ कि त हामीले जितेर सर्वहारा वर्गको सत्ता स्थापित हुन्छ” ।
सेनामा बिभाजन कसरि ?
आफ्नो पार्टीले चाहे जस्तो सर्वहारा वर्गको सत्ता कायम गर्नको लागि नेपाली सेनामापनि फूट गराउन सकिने तर्क उनले शिक्षकहरुलाई सुनाए । ९०-९५ हजार नेपाली सेना अहिले तिन कित्तामा बिभाजन भएको उनले बताए । उनले भनेको तिन कित्तामा पहिलो अभिजात वर्गको सेना । दोस्रो अभिजात वर्गबाट एक स्टेप तल झरेको सेना । तेस्रो चाहिँ जनस्तरबाट गएको वर्ग । त्यो पछिल्लो वर्गलाई उनले ‘हाम्रो वर्गको’ भनेका छन्।
कतिपय जर्नेलहरुलाई माओवादीले आफ्नो बनाइसकेकोले त्यहाँ भित्रपनि फूट गराएर बिद्रोह गराउन सकिने दाबी गरेका छन् । माओवादीलाई आवश्यक पर्दा थुप्रै अफिसर र जवानले आफ्नो पार्टीलाई साथ दिने दाबीपनि उनको छ ।




