गजल

-गीता थापा (दोषी) / इजरायल

गरिवीमा रहरै रहरको खातछ यहाँ

मानव सोच्नुनै पर्ने गहिरो बात छ यहाँ

————–

जन्मको र मृत्‍युको उस्तै नै चलन अनि चल्ती 

अंहकार जन्माउँने अगाडि जात छ यहाँ

————–

दिनमात्रै भए विकास सर्थ्यो होला पक्कै नि   

विश्राम नगरी नहुने कालो रातछ यहाँ

————– 

कुनीतिलाई रोज्नेहरुले सुखै सुख पाए  

सच्चाइ गर्नेको नाउँमा खालि हात छ यहाँ

————–

गरिवीमा रहरै रहरको खात छ यहाँ

मानव सोच्नुनै पर्ने गहिरो बातछ यहाँ

तपाइँको प्रतिक्रिया