म चितामा हुँदा

-तिर्थराज पाण्डेय “आँसु” 

tirtharaj-pandey.jpg

तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा !

तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !!

मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच !

अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!

  

शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु !

तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !! 

मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु !

 मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !!  

मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु !

मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !!

मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु !

 तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !!  

मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु !

तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !!

मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु !

म मर्दैमा के जान्छ ! मलाई मर्न दिनु !!

 तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु

महाकाली, नेपाल

संपर्क [email protected]    

तपाइँको प्रतिक्रिया