मेरो माया

प्रदीप सरिक

 

साथमा पाउँदा फूल देख्ने, आँखा भयो मेरो माया 

बिछोड हुँदा मुटु कोप्ने, काँडा भयो मेरो माया 

सँगै खेल्यौं मिठो बोल्यौं, गाढा भयो मेरो माया 

सोह्र सत्र काटि हाल्यौं, टाढा भयो मेरो माया 

तारा हुँदा जून बाल्यौं, पाखा भयो मेरो माया 

तिमिसँग करोड पुग्दा, लाख भयो मेरो माया 

पलस माइनस सिक्न थाल्यौं, घाटा भयो मेरो माया 

पुग्यौं तिमी क्षितिजपारी, टाढा भयो मेरो माया

 

म्याग्दी

ईमेल- [email protected]

हाल-सनैया (डियुटेस्ट), कतार

तपाइँको प्रतिक्रिया