गजल

-एस.एच. निरौला / शंखमूल, काठमाडौं

क्षितिजको आकाशमा हराउने यात्री हूँ म

 तुफानी त्यो बतास मन् पराउने यात्री हूँ म ।।

 ———————————

 ती पहाडी ओडारमा झर्नासँगै कुरा गरें

 कैले हिमालमा चौंरी चराउने यात्री हूँ म ।।

 ——————————

 तारा हेर्दै गगनका निदरीमा डुबेपछि

 पौडी खेली तराईमा कराउने यात्री हूँ म ।।

——————————-

 प्रभातमा प्रकाशको किरणमा स्नानगरी

 अँध्याराका पाटा अन्तै सराउने यात्री हूँ म ।

——————————–

 नेपालीको स्वाभिमान बिक्दै छ रे बजारमा

 घुमिघुमि विक्री बन्द गराउने यात्री हूँ म ।।

——————————-

[email protected]

तपाइँको प्रतिक्रिया