दुई शब्द – त्यो दुई खुट्टे प्राणीलाइ

-नेपोलियन मरहट्टा 

कुकुर बहुलाए जंगल,

स्याल बहुलाए शहर

पस्छ भने झैं,

मान्छेको मति भ्रस्ट भए

नेपालको नेता बन्दा रहेछन् ।

नेता बन्नलाई त

नाङगो भएर सडकमा

हिंड्न सक्नु पर्दो रहेछ ।

लोकले निन्दा गर्दै

मुखभरी थुक्दा पनि

बाँचेर हिंड्न सक्छ

त्यो निरिह मानब ।  

लोक निन्दा नै संसारको

सबै भन्दा ठुलो सजायँ हो ।

तर पनि

केही फरक पर्दो रहेनछ

त्यो निष्प्राण,निर्लज्ज

दुई खुट्टे प्राणीलाई । 

नेता नाउँको खोल ओढेपछी

बेशरम् बन्नु नै त्यस्को

जात,धर्म र लिङग रहेछ । 

छ्या… कस्तो अचम्मको जात

न लाज छ, न धर्म छ ।

यदि,

साँच्चै त्यो निरिह मनाब 

म भएको भए

लाजले उहिल्यै

आत्महत्या गरी सक्थेँ,

कहिले प्रचन्ड भएर ।

कहिले गिरिजा,सुजाता भएर ।

कहिले माकुने भएर ।

कहिले अरु भएर ।

म सोच्थेँ,

लोक निन्दामा पनि

मान्छे कसरी बाँच्न सक्छ र ?

तर सकिँदो रहेछ,

” नेता भएर ” ।  

ईमेल-   [email protected]

तपाइँको प्रतिक्रिया