दुई शब्द – त्यो दुई खुट्टे प्राणीलाइ
-नेपोलियन मरहट्टा
कुकुर बहुलाए जंगल,
स्याल बहुलाए शहर
पस्छ भने झैं,
मान्छेको मति भ्रस्ट भए
नेपालको नेता बन्दा रहेछन् ।
नेता बन्नलाई त
नाङगो भएर सडकमा
हिंड्न सक्नु पर्दो रहेछ ।
लोकले निन्दा गर्दै
मुखभरी थुक्दा पनि
बाँचेर हिंड्न सक्छ
त्यो निरिह मानब ।
लोक निन्दा नै संसारको
सबै भन्दा ठुलो सजायँ हो ।
तर पनि
केही फरक पर्दो रहेनछ
त्यो निष्प्राण,निर्लज्ज
दुई खुट्टे प्राणीलाई ।
नेता नाउँको खोल ओढेपछी
बेशरम् बन्नु नै त्यस्को
जात,धर्म र लिङग रहेछ ।
छ्या… कस्तो अचम्मको जात
न लाज छ, न धर्म छ ।
यदि,
साँच्चै त्यो निरिह मनाब
म भएको भए
लाजले उहिल्यै
आत्महत्या गरी सक्थेँ,
कहिले प्रचन्ड भएर ।
कहिले गिरिजा,सुजाता भएर ।
कहिले माकुने भएर ।
कहिले अरु भएर ।
म सोच्थेँ,
लोक निन्दामा पनि
मान्छे कसरी बाँच्न सक्छ र ?
तर सकिँदो रहेछ,
” नेता भएर ” ।
ईमेल- [email protected]





