अन्तिम अवस्थामापनि ‘राष्ट्रिय सहमती’ भन्दै बितेछन् कोइराला

हरेक मानिसका गल्ति र कमजोरी हुन्छन् नै । राजनिति गर्नेकापनि नहुने भन्ने छैन । त्यसमा कोइराला अछुतो रहने कुरो भएन । तर साँच्चै चिन्तित थिए देशको पछिल्लो अवस्थाबारे स्वर्गिय गिरिजाप्रसाद कोइराला । अनेक आलोचना खपेरपनि उनले देशलाई निकास दिन राजनितिक संयन्त्र बनाए। आफैंले सकिनसकि उच्च राजनितिक संयन्त्रको नेत्रित्व सम्हाले। अन्तिम अवस्थासम्मपनि राष्ट्रिय सहमती कायम गरेर नयाँ संबिधान घोषणा गरि राजनितिक स्थिरता दिने कोसिस गरिरहे।

उनी देशको स्थिर राजनितिकालागि कति सम्म चिन्तित रहेछन् अन्तिम अवस्थामा भने अब जिवनले बिश्राम लिन्छ भन्ने लागेपछि प्रधानमन्त्री माधवकुमार नेपाललाई बोलाएर राष्ट्रिय सहमती कायम गरेर अगाडि बढ्नुहोला भनेका रहेछन् । जिवनको अन्तिम वाक्यनै उनले राष्ट्रिय सहमती निकालेका रहेछन् । त्यसैगरि उनले शहिद गंगालाल अस्पत्तालमा उपचार गर्न बसेका बेला भेट्न पुगेका माओवादी अध्यक्ष प्रचण्डलाईपनि अब देशको राजनितिक नेत्रित्व राम्रोसित सम्हाल्न भन्दै चिन्ता ब्यक्त गरेका रहेछन् ।

तपाइँको प्रतिक्रिया