कोइराला सिकिस्त

नेपाली कंग्रेसका सभापती गिरिजाप्रसाद कोइराला सिकिस्त भएका छन् । चिकित्सकहरुले जति प्रयास गर्दापनि उनलाई सामान्य अवस्थामा ल्याउन नसकेको बताइन्छ । उनले बोल्न सकेका छैनन् । अचेत अवस्थाका उनी सिकिस्त भएका छन् । उनी गएरातीदेखिनै अचेत भएका रहेछन् । कोइराला सिकिस्तै भएकाले पार्टी काम लिएर सिन्धुली पुगेका शेर बहादुर देउवापनि सबै काम रद्द गरेर काठमाडौं फर्किएछन् ।

उनको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेकाले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, डा बाबुराम भट्टराई लगायत सबैजसो दलका नेता, मन्त्री परिषदका सदस्य, आफन्त र शुभचिन्तकहरु कोइराला निवास पुगेका छन् ।

कोइरालाको स्वास्थ्य स्थिति चिन्ताजनक अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुलेनै दिएका छन् । यो अवस्थामा कोइरालाको स्वास्थ्य तलमाथि भए मूलुकमा झन जटिलता थपिने भन्दै बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताले चिन्ता ब्यक्त गरिरहेका छन् । कोइरालाको स्वास्थ्यलाई सामान्य अवस्थामा फर्काउन चिकित्सकहरुको टोली खटिरहेकोपनि बताइएको छ । स्वास्थ्य लाभको कामना !

तपाइँको प्रतिक्रिया