गजल

-नेपोलियन मरहट्टा

अर्काको भर पर्छौ किन ?

अकाल मृत्‍यु मर्छौ किन ?
 

कहिले काँही दु:ख पर्छ

त्यसै बसाइँ सर्छौ किन ?
 

बाढी आएको देखी देखी

बर्खाको खोलो तर्छौ किन ?
 

खुट्टा भए जुत्ता पाउँछौ

नफुल्दै बैंश झर्छौ किन ?
 

एक ताल धोका खाँदैमा

आत्महत्या गर्छौ किन ?

तपाइँको प्रतिक्रिया