गजल

-प्रकाश सापकोटा 

क्षितिजमा चम्किनलाई ध्रुवतारा हुन्छन् कोही

 तारा हुन नजानेर गालपारा हुन्छन् कोही

—————————————— 

 नयनको नानीभित्रै हराउने बहानामा

 बाहिरिँदा कसो-कसो अश्रुधारा हुन्छन् कोही

——————————————– 

 बाचा अनि बन्धनको सोझै खिल्ली उडाएर

 व्यवहारमा चुकिदिने हुतिहारा हुन्छन् कोही

 ———————————————-

 अरुलाई साहाराको लठ्ठी बनिदिँदाखेरि

 नियतिले आफू चाहिँ बेसाहरा हुन्छन् कोही

 ———————————————–

 मिलनको बिन्दुलाई पछ्याउँदै हिँडे पनि

 नचाहँदा-नचाहँदै दुइ किनारा हुन्छन् कोही

तपाइँको प्रतिक्रिया