बिदेशमा नेपालीले सुजातालाइ हाकै भने “तपाईहरु चैते बाँदर जस्तो”

साता लामो यूरोप भ्रमणमा निस्केकी परराष्ट्र तथा उपप्रधानमन्त्री सुजाता कोइराला गत शुक्रबार लक्जमवर्ग पुगिछन् । परराष्ट्रमन्त्रीको भ्रमणबारे कहिँ कतै केहि नदेखिएपछि मलाई केहि चासो लाग्यो । अनि यता उति चिनजान र सूत्रहरुकहाँ फोन मारियो । थाह पाएँ- त्यसदिन मध्यान्हको खाना लक्जमवर्ग स्थित नेपालकालागि महावाणिज्यदूत गि आकले ब्यवस्था गरेका रहेछन् ।  महावाणिज्यदूतले निम्त्याएको खानापछि लक्जमबर्गमै कोइरालासित भेटघाट कार्यक्रम राखिएको थियो त्यहाँका नेपालीहरुबिच ।

पहिले पहिले यसरि नेपालबाट अन्य नेता आउँदा प्राय: कम्तिमा ६०, ७० जना नेपाली जम्मा हुन्थे । तर सुजाता कोइरालाको कुरा सुन्न जम्मा २०, २२ जना भन्दा बढि नेपाली आएनन् त्यसदिन । कार्यक्रममा आउन निम्ता दिँदापनि केहि नेपालीले हाकै भने- त्यस्तो देश बेच्नेका कुरा सुन्नपनि के जाने ? बरु यहाँ आफुलाई केहि गाह्रो साह्रो नपर्ने भए म त जुत्ताको माला लगाउन पो जाने थिएँ । पछिल्लो पटक नेपाली राहदानी भारतबाटै ल्याउनुपर्छ भन्ने उनको भनाईले गर्दा धेरै नेपाली रुष्ट देखिएका थिए ।

कार्यक्रम शुरु भयो । हलमा एक जना दुब्लो, पातलो सामान्य कदको एक नेपाली उठेर सिधै भने- मेरो घर कास्की तिखेढुंगा, यहाँ सामान्य गुजारा गरेर बस्छु । म त्यति जान्दिन, पढेको पनि उति छैन । तर नेपाली हुँ, नेपालको माया लाग्छ ।” सबैले पल्याक पुलुक गरे। उनी थिए, त्यहाँका ब्यापारी नारायण गुरुङ । बिदेशी र नेपाली माझ सर्वाधिक लोकप्रिय । उनलाई त्यहाँ कडा मिजासका, सहयोगि नेपालीको रुपमा सबैले चिन्ने रहेछन् ।

उनले भन्दै गए- मेरो प्रश्न के भनेनी मन्त्रीज्यू, तपाईहरु तिन वटै दललाई नेपाली जनताले  शान्ति वार्तालाई टुंगोमा पुर्‍याउन, नयाँ संबिधान बनाउन र देशलाई आर्थिक विकासमा अगाडि बढाउने आधार निर्माण गरेर छोड्ने जिम्मेवारी दिएर पठाएका । तपाईहरु त त्यो मुख्य काम छोडेर सरकारमा टाँस्सिने, कूर्सीको हारालुछ गर्न थाल्नु भयो । रुखमा पातै छैनन्, नांगा छन् रुख । तर तपाईहरु भने चैते बाँदरले झैं त्यो नांगो रुख लुछ्दै हुनुहुन्छ । पात हुन्जेल त लुछ्नुभयो सबै मिलेर। अब नांगो भैसक्दापनि कति लुछ्नुहुन्छ त्यो रुख ? रुखका पात भन्नाले उनले पैसालाई भन्न खोजेका रहेछन् ।

गुरुङ के चुप लाग्थे ? भन्दै गए “तपाईहरु तिन दल मिलेर त्यत्रा वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रलाई फाल्न सक्षम हुनु भयो । अहिले के तिन दलनै मिल्ने हो भने संबिधान बनाउन सकिन्न ? माओवादी, नेपाली कांग्रेस र एमाले तिन वटै दलले संबिधान बेलैमा नबन्नुमा एक अर्कालाई दोष दिनुहुन्छ । दोष कसको ? किन तिन दल मिलेर संबिधान बनाउनतिर लाग्नुहुन्न  ? तपाईहरुले देश बिकास गर्नुहोला भनेर त जनताले एक चिम्टीपनि आसा गरेको छैन । खाली शान्ति सम्झौतालाई टुंगोमा पुर्‍याइदिनुस्, नयाँ संबिधान लेखेर शान्ति कायम गरिदिनुस् । बास, जनताले आफैं गर्छन् आफ्नो देश बिकास, तपाइहरुको क्षमता र आशा दुबै छैन ।

उनका कुरा सुनेर राँक्किएकि कोइरालाले पछि आफ्नो बचाउ गरिन्। संबिधान नबन्नुमा दोष माओवादीलाई लागाएकि थिईन् । “प्रत्येक मान्छेको बोली सुनेरै म को नेपाली कांग्रेस हो र को होइन भन्ने चिन्छु” भन्दै उनले नेपाली कांग्रेस बाहेक अरुले बोलेको गौण हुन्छ र तिनले आरोप मात्रै लगाउँछन् भन्ने आशय प्रकट गरेकि थिईन् । देशको समसामयिक स्थितिका बारेमा उनले दिएको प्रस्तुति र उनको ज्ञान देख्दा उनी एक गाविस अध्यक्षसम्म बन्न पनि असक्षम रहिछिन् कसरि उपप्रधानमन्त्री बनिन् होला भनेरपनि नेपालीहरुले चर्चा चलाएका रहेछन् ।

तपाइँको प्रतिक्रिया