मध्य राति किन निस्किए भारतिय गुप्तचर प्रचण्ड निवासबाट ?

नेकपा (माओवादी) ले माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन अस्विकार गरेको हो निरन्तररुपमा तैपनि सर्वसम्मत राष्ट्रपति बनाउने प्रयास जारी नै थियो   अन्तिममा माओवादी र एमाले एकातिर देखिए । निकै लामो मोलतोल र छलफलपछि माओवादीले नेकपा (एमाले) लाई राष्ट्रपति दिनेनिर्णय गर्‍यो । यो कुरा नेकपा माओवादीकै शक्तिशाली नेता नेत्रबिक्रम चन्द “बिप्लव” ले स्पष्ठै बताएका हुन । चन्दको भनाइ थियो- एमालेसँग सैद्धान्तिक सहमति भइसकेकाले व्यक्तिको निर्णयगर्ने जिम्मेवारी उसैको हो। हामीले सुझाव दिएका छौं,’ चन्दले कान्तिपुरसित भने- व्यक्ति प्रमुख होइन, राजनीतिक धार प्रमुख कुरा हो ।अग्रगमन तथा आर्थिक र सामाजिक परिवर्तनका एजेन्डामा दुइ वामपन्थी दलबीच सहमति भएको छ  (हेर्नुहोस शक्तिशाली नेता नेत्रबिक्रम चन्द “बिप्लव” को भनाइ यहाँ क्लिक गरेर)

सरकार गठनका बारेमा कुनकुन मन्त्रालय कस कसले पाउने भन्ने सहमति गर्न सायद बाँकि थियो । त्यसैको अन्तिम छिनोफानो गर्न अस्ति बुधबार नेकपा (माओवादी) र एमालेबिच छलफल गर्ने सहमति भयो । छलफल राति ढिलो हुने कार्यक्रम थियो प्रचण्ड निवास नयाँ बजारमा । सहमति अनुसार नेकपा (एमाले) का नेताहरु प्रचण्ड निवास पुगे । उनीहरु त्यहाँ पुगेकै बेला भारतिय गुप्तचर संस्था “र” का नेपाल प्रतिनिधी आलोक जोशी प्रचण्ड निवासबाट फुत्त बाहिर निस्किए नेपालप्लसका एक सहयोगीले दिएको जानकारि हो यो स्रोत चानचुने कमजोर पनि होइन । निकै भरपर्दो हो । जोशी “र” को नेपाल शाखाका प्रमुख हुन । त्यहाँ प्रचण्ड र उनीबिच के कति कुन विषयमा छलफल भयो भन्ने जानकारि त हुने कुरा भएन ।  पक्कै छलफल भयो नै । नत्र राति प्रचण्ड जस्तो नेता भेट्न कोही जादैन । तर गज्जबको पक्ष के भने त्यसको भोलि पल्ट बिहानै नेकपा माओवादीका केहि नेतालेले एमालेसँग भएको सहमति तोडेको घोषणा गर्दै हिँडे । आरोप थियो-नेकपा एमालेले माधवकुमार नेपाललाई नै राष्ट्रपति बनाउन जबर्जस्ति गरेपछि सहमति गर्न सकेनौं  तर बुधबार दिउँसो सम्मपनि केहि माओवादी नेताहरुले एमालेसँग सहमति भएको तर नामका बारेमा सोच्न आग्रह गरेको प्रतिक्रिया दिँदै हिडेका थिए । भनाइ त्यो भएपनि वास्तबिकता फरक देखिन्छ । राति “र “का प्रतिनिधीसँग राष्ट्रपति र सरकार गठन बारे मधेशी दलसँग सहकार्य गर्न “र” का प्रतिनिधी जोशीले दबाद दिए । अनि एकाएक एमालेसँग भएको सहमति तोडेर मधेशवादी दलसँग सहमति गर्न पुग्यो माओवादी ।  वास्तबिकता सय प्रतिशत नै यो नहुन सक्ला । तर एमालेसँगको सहमति क्षणभरमै तुहाउनु, बिखण्डनवादी भनेर आरोप लगाउँदै आएका दलसितै माओवादीले सहकार्य गर्नु, सहकार्यको सहमतिपनि एकाएक हुनु, बिदेशी गुप्तचर संस्थाका प्रतिनिधीसग भेटेपछि सहमति तोडिनु, एमालेसँग भएको सहमतिबारे माओवादीकै नेताहरुको फरक फरक भनाइ आउनु, राष्ट्रपतिमा एकाएक मधेशी दलहरुले सहमति कायम गर्नुको पछाडी पक्कैपनि कुनै न कुनै वास्तबिकता पक्कै छ । माओवादीलाई तत्कालकालागि फाइदा हुन सक्ला दलिय स्वार्थ मात्रै हेर्दा तर यो प्रयाश संभवत नेपालको हित बिरुद्द हुनसक्छ । किनभने बिखण्डवादी तराइका सबै दलले एक मतले समर्थन जनाउनु सामान्य कुरा होइन । अहिले यो विषयलाई भारतले नेपाललाई सिक्किमिकरण गर्ने प्रयासको रुपमापनि हेरिदै छ  अनि प्रचण्ड र “र” का प्रतिनिधीबिच भएको छलफलमा अब माओवादीको एकल सरकार गठन गर्न दिने सहमति भएकोपनि बताइँदैछ । यसको लागि त केहि दिन कुर्नै पर्ला । जे होस, एमाले वा कांग्रेससँग हुने सहमति जस्तै हितकर मधेशी दलहरुसँग हुने सहमति चाहिँ देश, जनता, हाम्रो राष्ट्रियता, सार्वभौमसत्ता र स्वयं माओवादीकालागि पनि हितकर भने पक्कै हुँदैन

तपाइँको प्रतिक्रिया