मन हराएको बेला

सागरिका

 गोरेटोमा कहाँ खोज्छौ

यहाँ मन हराएको बेला 

तारा पनि रुँदै थियो

 जुन बिलाएको बेला  तिम्रै लागि साँचेको थिएँ,

तिम्रै भनि सुम्पिएको हो,

कती जोडने कती सिउने 

सबै धुजा धुजा भएको बेला  

नजानेको भए अन्जान भन्थें 

जानी जानी तोडी दियौ

शिशा जस्तो मुटु मेरो

ढुङ्गा हानी फोडि दियौ

के भन्ने कती भन्ने

यहाँ शब्दै हराएको बेला

बाँध बाँधौं यहाँ कसरी

सुनामी नै उर्लिएको बेला   

किनकी बुझेनौ तिमिले, 

लिनु मात्र होइन जीवन दिनु पनि हो

जित मात्र होइन जीवन हार पनि हो 

सम्झौता मात्र होइन जीवन समर्पण पनि हो

टुटे पछि जोड्न गाह्रो मन त्यो दर्पण हो        

तपाइँको प्रतिक्रिया