घाँसी-भानु (जन्मदिन विशेष)

-तिर्थ राज पाण्डेय “आँशु”

 भानु तिमीले बनाएको पँधेरो आज संरक्षकबिहिन भएको छ

तल्ला घरे माइलोपनि समुद्र पारी गएकोछ !!

तिम्रो गाउँका गाउँलेहरु गाउँनै पलायन भई सके 

पानी पिउँदै चौतारिमा नाच्ने मयुर जोडी चौतारो छोडि गैसके !! 

 जामुनको रुखबाट ओर्लेर बाँदर पधेरोमा मुख धुँदै थियो 

घाँसी भानु घाँसी भानु भनि चिच्याएर रुँदै थियो !!

त्यो बाँदर आज पनि जिउँदै छ भानु जो तिमीलाई चिन्थ्यो

तिमी पँधेरो सफा गर्न जादा उ जामुनको रुखतिर हिँड्थ्यो !! 

समाजको साक्षी र समयको पहरेदार उ मसँग बोल्न चाहेन

उ धेरै कुरा भन्दै थियो भानु तर मैले थाहा पाइन !!

उपल्लो वन पाखाका लाली गुराँसका थुंगा बोक्दै थियो

पँधेरोको छेउमा बसी घाँसी भानु भनी बिरह पोख्दै थियो !!

उसले फूलको थुंगा पँधेरोमा चढाएको

भानु तिम्रो जन्म दिनको प्रेम बढाएको छ !!

उ तिमी लाई पर्खि बसेकोछ भानु तिमी फर्की आउने आशमा

उ आज एक्लो भएको छ भानु तिम्रो गाउँको बासमा !!

शुभ कामना तिमी लाई जन्मदिनको आज पनि

फुलको थुंगा चढाउँछु अझै जन्म भानु भनी !!

महाकाली , नेपाल

संपर्क [email protected]

 

तपाइँको प्रतिक्रिया