किन देखें ?
-थापा राज्बर्सिंह / क्यानाडा
फेरी आज देखें तिम्लाई एकान्तको सुनसानमा
मजेत्रोले बेरिएकी सिउँदोमा सिन्दुर टन्न
सुस्तरी हिँड्दै थियौ मुस्कान खाली मुहारमा
बोल्न खोज्ने मेरा ओंठ थरथरी काँप्दा काँप्दै
उँधोमुन्टी तिम्रो सिर पुरै हेर्छु भन्दा भन्दै
फटा फटि पाइला चाल्यौ देखेर नि नदेखेझैं
कोरिएका पानाहरु च्यात्न बाँकि कति होलान
मन भित्रका तितो कथा बिर्साउन थाँती होलान
च्याते पनि पुरे पनि तर्साउँदो हो सपनीमा
आफुलाई नै धिक्कार्दै छु किन देखें बिपनिमा
फेरी आज देखें तिम्लाई एकान्तको सुनसानमा
मजेत्रोले बेरिएकि सिउँदोमा सिन्दुर टन्न




