गजल

-प्रदिप सुबेदी

देखे पनि चोकतिर तर्की जानु मेरी मोटी

भेटे पनि दैलोनिर फर्की जानु मेरी मोटी

जिन्दगीका बाटा मेरा भत्किँदै छन दिन दिनै

मुसल्धारे पानी बनी दर्की जानु मेरी मोटी

तिम्रो फोटो अल्बममा हाँसिराख्छ जिस्काउँदै

जोडिँदैन माया भने चर्की जानु मेरी मोटी

फेरी मैले माया पोखी तिम्रा हातहरु छोए भने

सुनपानी मन्तारेर छर्की जानु मेरी मोटी

ज्या – ६, म्याग्दी

हाल : कतार

तपाइँको प्रतिक्रिया