टोकियो सहर
–दिलिप योञ्जन / अमेरिका
[संगीतकार : न्हु बज्राचार्य
गाएक : राम कृष्ण ढकाल]
टोकियो सहर हेर्नुमा रहर साकुरा फूलीदिँदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !
बिपना बित्यो दुख र पिडा आसुमा डुब्दिँदा
दुखेर छाती भत-भती पोल्छ सपनी छुट्दिँदा
आसुमा डुबे यी रातहरु बेदना बल्झिँदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउँदा !
पोलेको छाती जलेको आत्मा आसुले धुइदिँदा
रसाई रहे परेलीमाझ भाबना टुक्रिँदा
मर्दैछु म त जिउनको लागी बेदना बल्झिँदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउँदा !





