“फ्री तिब्बत” उचाल्न अमेरिकि तलबमा १४ हजार यूवा
नेपाली मेडियापनि संलग्न !
एक लाख भन्दा बढि भुटानी शरणार्थीहरु पूर्वी नेपालमा कष्टले बसिरहेका छन । नत उनीहरु आफ्नो देश छिर्न पाएका छन नत नेपालको शिबिरमा न्युनतम सुबिधाले बस्न नै। तिनको स्वदेश फिर्तीको लागि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी जस्ता मानव अधिकारको चर्को वकालत गर्ने देशहरुको टाउकोपनि दुख्दैन । तर स्वतन्त्र तिब्बत भन्नासाथ किन बाह्र हात माथि उचालिन्छन ति देश ? भुटानीहरु स्वदेश फर्कन खोज्दा भारतिय प्रहरीले टाउको फुटाएर रगत बगाइदिन्छ । तर ति चुप्प बस्छन । तर चिनियाँ दूतावास अगाडि फ्री तिब्बत भन्दै प्रदर्शन गर्ने तिब्बतीहरुलाई नेपाल प्रहरीले पक्रँदापनि संयुक्त बिज्ञप्ति निकालेर ति देश मानव अधिकार हनन भयो भनेर कुर्लन्छन किन ? किनभने ति देशका आआफ्नै स्वार्थ छन चिनमा । झन विश्वमा विश्व आर्थिक क्षेत्रमा सर्वाधिक अगाडि बढिरहेको चिन अमेरिकाको प्रतिद्वन्धिनै भयो । त्यसैले उ चिनलाई जसरि हुन्छ कमजोर बनाउन चाहन्छ । त्यसको बलियो आधार अमेरिकाले तिब्बतीहरुलाई उचालेर तिब्बत टुक्र्याउने प्रयास गरिरहेको छ । तिब्बतबाटै त्यसो गर्न नसकेपछि कमजोर राष्ट्र नेपालको भुमीमा बसेका केही तिब्बतीहरुलाई उचालेको छ । झन अहिले त अमेरिकाले स्वतन्त्र तिब्बत नारा उचाल्न १४ हजार यूवाहरुलाई तलव नै दिएर परिचालन गरिरहेको कुरा बाहिर आएको छ ।
यो कुरा नेकपा माओवादीको अंग्रेजी पत्रिका “द स्टार” ले जनाएको हो । “हु इज बिहाएण्ड टिबटेन प्रोटेस्ट इन नेपाल ? ” (तिब्बतीहरुको प्रदर्शनको पछाडी कसको संलग्नता ?) शिर्षकमा जुलाई ४ मा उक्त रिपोर्ट छापिएको छ । रिपोर्टका अनुसार ति यूवाहरु धार्मिक सेनाको नाममा परिचालित छन । तिनलाई भारतिय सैनिक बराबरको तलब दिने गरिएको छ । माओवादीले यो पत्रिका नेपालमा रहेका कुटनितिज्ञ, बिदेशी बिज्ञ र अन्तर्राष्ट्रिय जगतलाई आफ्नो पार्टीको धारणा सार्वजनिक गर्नको लागि प्रकाशित गर्छ। त्यसैले हामीलाई सामान्य लागेपनि यो पत्रिका झन बढि आधिकारिक मानिन्छ । रिपोर्टमा अमेरिकाले चिनलाई आक्रमण गर्नकालागि नेपालमाथि हस्तक्षेप बढाएको आरोपपनि छ । अमेरिकाको यो स्वार्थमा नेपालको एउटा मेडियासमेत संलग्न रहेको उल्लेख छ । तर नाम भने किटानी गरिएको छैन । रिपोर्टमा भारतका ठुला ब्यापारीहरुसँग संबन्ध रहेको एउटा ठुलो सञ्चार ग्रिह भनिएको छ । त्यो सञ्चार ग्रिहले तिब्बतीहरुको प्रदर्शनलाई बढि स्थान दिएको उल्लेख छ । माओवादीका तर्फबाट आएकाले यो कुन मेडियालाई भन्न खोजिएको हो बुझिन्छ नै । किनभने अहिले माओवादीसँग कुन ठुलो सञ्चार ग्रिहको कटुता छ भन्ने हेरेरै त्यो कुन हो बुझ्न सकिन्छ।
त्यसैगरि प्रसिद्द सिएनएन टेलिभिजनलेपनि तिब्बतीहरुकै प्रदर्शनलाइ उचाल्ने गरेको आरोप लगाइएको छ । सिएनएन भनेर नाम किट्न सक्ने माओवादीले नेपाली मेडियाको नाम किटान गर्न चाहिँ किन डराएका हुन कुन्नी बुझ्न सकिएन । यो चाहिँ साँचो कुरा हो किनभने लाख भन्दा बढि भुटानी शर्णार्थीका बारेमा खासै रिपोर्ट नदिने सिएनएनले एक सयको हाराहारीमा पनि नभएका तिब्बतीको प्रदर्शनलाई समेत पटकपटक देखाउने गरेको छ । चिनले फ्री तिब्बतको नारा बिदेशी स्वार्थ र समर्थनमा चिन बिरोधीहरुले उचालेको र त्यसको नेत्रित्व प्रिथकतावादी भनेर चिनले भन्दै आएका धार्मिक गुरु दलाई लामाले गरेको आरोप लगाउँदै आएको छ। नेपालमा त्यस्ता प्रदर्शनहरु गर्न नदिन नेपाल सरकारलाई चिनले पटक पटक आग्रह गर्दै आएको पनि छ । द रेड स्टार को रिपोर्ट पढ्ने भए यहाँ क्लिक गर्नुहोस ।




