मेरो सुस्ता रोइरहेछ

सागरिका

म जन्मिएको मेरो थलो

अली अली गर्दै हराउँदै छ

पोल हरायो, साँध हरायो

अब आफैँ हराउने तैयारीमा छ

गण्डकी हरायो, कोशी हरायो

अब मेरो गाउँ हराउने तयारिमा छ । 

 गाउँको मुखिया सिनो ढुकुवा

कुकूर ति जन्मैले हड्डी लुछुवा

कहिले यता, कहिले उता

र्‍याल चुहाउँदै कुइँ कुइँ गर्दै

बिदेशी रछानहरुमा 

लाज पचुवा आत्मा बेचुवा

तलुवा चाटनै ब्यस्त छन ।

हेर न साथी मेरो गाउँ माथी

दुष्टले आँखा लगाइ गो

कानुनी किताब च्यात्तिएछ क्यार !

ह्त्यारा कै जय जयकार भो

महाभारतको द्रोपती को पिडा

मेरो गाउँ भोगी रहेछ

आफ्नैहरुको धोकामा परी चिरहरण

उसको भइरहेको

पोल हरायो, साँध हरायो

अब उ आफै हराउने तैयारिमा छ ।

कोही क्रिष्ण बनी बचाइदेउ साथी

मेरो सुस्ता रोइरहेको छ

गण्डकी हरायो, कोशी हरायो

अब मेरो देश हराउने तैयारिमा छ

तपाइँको प्रतिक्रिया