भारत पुग्नासाथ झुटो बोले राष्ट्रपतीले पनि
हाम्रा नेता न हुन् भारतको चाकरी गर्न किन छोड्थे ? राष्ट्रपतीले पो किन छोडुन ? आफ्नो स्वार्थ सिद्द नहुन्जेल भारत भन्नासाथ बम्किने र भारतीय शासकको अगाडि पुग्नासाथ बाँस झैं झुक्ने प्रथा राष्ट्रपतीलेपनि छोडेनन् । उनी हिजो सद्भावना भ्रमण भान्दै भारत पुगे । भारत पुग्नासाथ उनलेपनि अन्य नेताले झैं भारतको चाकरी मात्रै गरेनन् कि झुटोपनि बोले । उनले भारतीय पत्रपत्रीकालाई अन्तर्वार्ता दिँदै भारत र नेपालको बिचमा कुनै समस्या नरहेको झुट बताए ।
उनले प्रजातान्त्रिक प्रक्रियामा बिगत ६ दशकदेखि भारत सधैं नेपालको पक्षमा रहेको भनेर भारतीय फुरुंग पारे । राष्ट्रपतीलाई थाह हुनुपर्ने हो, भारतले अधिकांश सिमा क्षेत्रमा हाम्रो जमिन मिचेको छ । अनि सिमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन मिचेर बाँध बनाउँदै हजारौं जमिन बगर बनाइदिएको छ र लाखौं नेपालीको उठिबास लगाएको छ ।
सिमा क्षेत्रका नेपालीलाई दुख दिने, अत्याचार गर्ने गरेको छ । चेलीबेटी दिउँसै बलात्क्रित गरिएका छन्, लुटिएका छन् । भूपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने सुबिधा हामीलाई भारतले दिएको छैन । हाम्रो सामरिकलगायत हरेक वस्तुमाथि आँखा गाड्छ । हाम्रो राजनितिक अवस्थालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने, दबाद र धम्की दिने काम गर्छ । भएका सन्धि सम्झौता आफुले लिँदा प्रयोग गर्छ तर दिनु पर्दा टेर्दैन, कुरो उठाए धम्काउँछ । यहि हो रष्ट्रपती ज्यु नेपाल र भारतबिच कुनैपनि समस्या नभएको ?
यस्ता समस्याका बारेमा राष्ट्रपती जानकार नहुने भन्ने कुरै भएन । जानकार छन् । तर उनीपनि भारतीयका अगाडि उहि चाकरी गर्न कुनै समस्या छैन भनिरहेका छन् । उनले त बरु छिमेकीहरुबिच मनमुटाव हुनु राम्रो होइन । यस्ता यस्ता समस्या रहेकाले दुई देशका यि यि समस्या हटाउनतिर लागौं भनेर भारतीय शासकहरुका अगाडि भन्नुपर्ने थियो। त्यसले बल्ल नेपाल र नेपालीको हित गर्ने थियो । तर राष्ट्रपतीले त पुरै नेपाल- भारतबिच कुनै समस्या छैन भनेर भारतको चाकरी गरे । झुठो बोले र नेपाली भावनाको कदर गरेनन् ।




