डबली बहिनीहरुका लागि
-सागरिका
नादान् म बुझ्न सकिन, छुरा धस्ने हातहरु
आफ्नो संझी माला लगाएँ, सबै घात प्रतिघातहरु
कसरी तर्ने पार यहाँ, कागजको नाउ चढेपछि
दोष अब कसलाई किन ?, जानी जानी बिष पिएपछि
को सँग अब, के को आसा ? मानिस पत्थर भएपछि
ज्युँदो यहाँ भनु म कसलाई, सबको आत्मा मरेपछि
कहाँ कोसँग फरियाद गर्ने, सबै बहिरो बनेपछि
कहाँ माग्ने न्याय अब, न्यायालय नै बन्द गरे पछी
त्यसैले ,
जिन्दगीलाई रेस ठानी, दौडन सुरु गरीसकेँ
ब्यथाहरुलाई नियती ठानी, मनलाई पनि सिईसकेँ
काँडै काँडाको सहरहरु माझ, अब काँडा बन्नु छ
पाइला मेरा लहुलुहान भए, हाँसी हाँसी कुद् नु छ ।
हार्न अब केही छैन, जितसँग मितेरी लगाएकी छु
जुनलाई नि पत्थर ठानी, घामसँग प्रिती बसाएकी छु ।
(नोट-जुलाई २, २००८ मा माइसंसार मा बिनोद धौलागिरीले लेख्नु भएको बहिनी डबली, माफ गर पढेपछि तिनी जस्तै अन्य अरु थुप्रै थुप्रै डबली बहिनीहरुलाई समर्पित कबिता ) उनले भर्खरै खोलेको ब्लग हेर्ने भए यहाँ क्लिक गर्नुहोस ।
।