समय आज बन्दी बनेको छ

सागरिका

समय आज बन्दी बनेको छ

चारैतिर जेल नेल साङ्लाहरु,

घृणा द्वेस स्वार्थ छल बलहरु ।

समयलाई अन्त गर्न,

साम दाम  दन्ड  भेद  सब

लिएर लागि परेका छन । 

जान्दैनन मुर्खहरु समयको अन्त भन्नु

स्रिष्टिकोनै अन्त हो भनेर

समयलाई बाध्छु भन्नु,

सुर्यलाइ हत्केलाले छेक्छु भन्नु

चन्द्रमासग भकुन्डो खेल्छु भन्ने,

बालहट जस्तै हो

समय र समुन्द्रलाई

यहा कस्ले बाध्न सकेको ?

क्षणिक त्यो ग्रहणले

सुर्यको अस्तित्व कहाँ मेटिन्छ ?

रात जती नै अध्यारो होस विहानी त हुन्छ नै । 

घडीभित्र बन्द भएर के भयो

समय त गतीमा चली रहन्छ नै

याद राख अती भयो भने खती हुन्छ

धेरै उम्लियो भने त्यो पोखिन्छ नै

त्यसैले,

फुकाइदेउ अब सबै बन्द मुठ्ठिहरु

मनसग माया साटी देउ

यो तेरो, यो मेरो भन्ने बिर्सिएर

एकताको बिगुल फुकिदेउ

छ अझै भित्र त्यो कतै

अङुलिमार भने, भष्म गरी

बुद्धत्वको त्यहाँ बिउ त्यो छरी देउ ।

तपाइँको प्रतिक्रिया