संकुचित आकाश

-भिम केसी “कमल” / पोर्चुगाल

संकुचित छ आफ्नै आकाश, केलाई क्षितिज हेर्नुपर्‍यो ?

सबले रुप चिनेपछि, किन भेष फेर्नुपर्‍यो ?

उत्कट चाह जिन्दगीको, अकिञ्चन ति जिजिविषा

पात्रै सल्क्यो डढेलोले, किन मिती केर्नुपर्‍यो ?

अर्थ खोज्दा नमेटिने, खण्डहर लालसाको

सतत् म्रित्यु बिभीषिका, किन घाँटी सेर्नुपर्‍यो ?

भित्र मनको दैलो बन्द, दन्तद्वार मात्र खुला

काँडायुक्त लहराले, किन रुख बेर्नुपर्‍यो ?

आफ्ना पराई, पराई आफ्ना, लुकामारी संबन्धको

आत्मा स्त्य जगत मिथ्या, ‘भिम’ले कसलाई टेर्नुपर्‍यो ?

तपाइँको प्रतिक्रिया