नेपालमा कम्युनिष्ट एकताको पक्षमा चिन
बिस्तारै पूँजिवादतिर लम्कँदै गरेको, पुजिवादी आर्थिक क्रान्तिमा विश्वलाई चकित पार्दै अगाडि बढेको चिन नेपालमा कम्युनिष्ट एकताको पक्षमा रहेछ । तिब्ब्त स्वतन्त्रताको नारा धेरै उर्लिन दिएकाले हुनुपर्छ, चिन २०४६ पछिका सरकारसँग त्यति खुशि थिएन । बरु राजतन्त्रकै पक्षमा बढि निकट देखिन्थ्यो । जन आन्दोलनमा देखिएको सात पार्टी गठबन्दनका पक्षमापनि त्यति देखिएन चिन । तर अहिले भने किन हो कम्युनिष्ट एकताको पक्षमा देखिँदै गएको छ । त्यहि कारणले हो कि, नेपालमा अन्तरिम सरकार बनेपछि चिनियाँ सत्तारुढ पार्टीका नेता र सरकार निकट ब्यक्तिहरुले नेपालको पटक पटक भ्रमण गरे । तिनले अलि बढिनै मुख खोल्न पनि थालेका छन । अहिले पछिल्लो चरणमा नेपाल मामिला सबन्धि जानकारहरु मध्ये एक र चिन सरकार निकट मानिने प्राध्यापक वाङ होङ विइले फेरी मुख खोलेका छन-नेपालमा कम्युनिष्ट एकता हुनुपर्छ भन्दै । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँगको भेटमा उनले त्यस्तो धारणा राखेछन । उनले कम्युनिष्ट पार्टीहरुले ब्यक्तिगत फाइदा त्यागेर देशको समुच्च फाइदाकालागि सोच्नुपर्ने पनि बताएछन । श्रेष्ठलाई बेइजिङमा भेटेर वाङले कम्युनिष्ट पार्टीहरुले पहिलेका गल्ति र कमजोरीहरु दोहोर्याउनु नहुने सुझावपनि दिए । “दुबै एमाले र माओवादीले मार्क्सवादमा विश्वास गर्छन र तिनको अन्तिम लक्ष्य समाजवाद हो । माओवादीहरु प्रतिष्पर्धात्मक राजनितिमा आएका छन । म आशा गर्छु कि माओवादी र एमालेको एकता होस” उनले भनेछन।
एमाले र माओवादी संयुक्तरुपमा मिलेर राष्ट्रपति र प्रधानमन्त्रि छान्न सहमत भएकामापनि उनी निकै प्रसन्न रहेछन । र उनले यसलाई गतिलो शुरुवात भनेका छन सहकार्यकालागि । एकपा (एमाले ) र माओवादीले आफ्ना भिन्नताहरु अलग राखेर सहकार्य गरेमा तिनले नाटकिय काम गर्न सक्ने र कहिल्यै पराजित नहुने विश्वास पनि रहेछ उनको । एमाले र माओवादीको एकताले अन्य साना कम्युनिष्ट पार्टीहरुबिच एकताको बाटो खुल्ने पनि उनले बताएछन । समाचार र सामाग्रि दुबै मैले किशोर श्रेष्ठबाट पाएको हुँ । यस संबन्धि ब्रिस्तित समाचार पर्सी बुधबारको जन आस्थामा आउला । वाङको अन्तर्वार्ताले कम्सेकम नेपाल संबन्धि अहिलेको चिनियाँ निति बुझ्न सजिलो हुन्छ।




