माओवादी तह लगाउन लठ्ठी र डमरु

-नबराज रोस्यारा / जर्मनी

गत शनीबार नेप्लीज डेमोक्रेटिक फोरम जर्मनी (एन० डि० एफ०) को दोश्रो राष्ट्रिय सम्मेलन जर्मनीको मुख्य शहर फ्र्याङ्कफोटमा सम्म्पन्न भएको छ । सम्मेलनको समुद्घाटन ने०क०पा० (एमाले) का स्थायी समिती सदश्य तथा बरिष्ठ नेता के पी शर्मा ओलीले गर्नु गरे ।

नेपालमा संम्बिधान निर्माणको कार्य र शान्ती प्रक्रिया धरापमा परिरहेका बेला सम्पन्न भएको  उक्त सम्मेलनको उद्घाटन समारोहमा नेपालको शान्ति प्रक्रिया र संम्बिधान निर्माणको बिषयमा छलफल र अर्न्तक्रिया कार्यक्रमसमेत भएको थियो । उदघाटन समारोहका प्रमुख अतिथिका रुपमा ने० क० पा० (एमाले) का बरिष्ठ नेता ओलीले शान्ती प्रक्रियाको एक महत्वपूर्ण पक्ष माओवादीहरु शान्ती प्रक्रिया र संम्बिधान निर्माण प्रति गम्भीर नभएको आरोप लगाए ।

उनले माओवादीको आफु पनि नसुध्रिने र शान्ती प्रक्रियालाईपनि अघि बढ्न नदिने बाँदरे प्रबृती तह लगाउन फकाएर मात्रै वा बल प्रयोग मात्रै गरेर नहुनेपनि बताए। यस प्रसड्०गलाई प्रष्ट पार्दै उनले भने-“बाँदरलाई नचाउन र तालिम दिनका लागि एक हातले डमरु बजाएर मात्रै पुग्दैन, त्यस्का साथै अर्को हातमा लौरोको पनि आवश्यकता पर्दछ । त्यस्तै गरेर बिद्रोहीहरुलाई  ठीक बाटोमा ल्याउनका निम्ती लौरो र डमरु दुबै को ताल र मात्रा मिलाएर सरकार र दलहरु द्वारा आवश्यक कार्यनिती र योजना तय गरिनु पर्दछ ।”

सम्मेलनका अन्य अतिथीहरु ने०क०पा० (एमाले) का केन्द्रिय सदश्य गणेश तिमिल्सेना, हंगेरीमा मुख्य कार्यालय रहेको वर्ल्ड फेडेरेशन अफ युथका उपाध्यक्ष योगेन्द्र शाही, एन० डी० एफ० स्पेनका अध्यक्ष पुस्पराज तिमिल्सेना, एन० डि० एफ० बेल्जीयमबाट सरस्वती चापागाई, एन० आर० एन० स्पेनका महासचिव तथा एन०डि०एफ० स्पेनका कोषाध्यक्ष दिनेश गुरुड०,  जनसर्म्पर्क समिती जर्मनीका सदश्य श्याम कुमार खनाललगायतका बक्ताहरुले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उदघाटन र बन्द शत्र गरि दुई शत्रमा सम्पन्न उक्त सम्मेलन ले नब राज रोस्यारालाई अध्यक्षताको जीम्मेवारी दिदै पन्ध्र सदस्यीय केन्द्रिय कमिटीको चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रणबहादुर बि० क०, सचिवमा बाशु आर्याल, सह सचिवमा कुमार रेग्मी, कोषाध्यक्षमा बन्चना पन्त  र सदश्यहरुमा इन्द्र गुरुङ, हरि न्युपाने, पदम भुषाल, सरोज पौडेल, चन्द्र कुमार खड्का, रजनी थापा  र मधु क्षेत्री लाई र्सव सम्मतीको आधारमा चयन गरिएको छ । त्यस्तै गरि  सल्लाहकार कमिटीमा कुमार पन्त, सन्तोष भट्टर्राई, रामचन्द्र अधिकारी, खड्ग न्यौपाने, राज थापा, लिलाराज कार्की , रविन र्राई र देवेन्द्र भण्डारी रहनु भएको छ।

 एन० डी० एफ० जर्मनीको सम्मेलन संगै ने०क०पा० (एमाले) पार्टी कमिटी जर्मनीको सम्मेलनपनि सम्पन्न गरिएको थियो । उक्त सम्मेलन मार्फत खड्ग न्यौपानेको अध्यक्षतामा उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिव नबराज रोस्यारा र सह सचिव हरि न्यौपाने र सदश्यहरुमा कुमार पन्त, सन्तोष भट्टर्राई, राज थापा, चन्द्र खड्का, राज कुमार घिमिरे, सूर्य गिरी, पासाङ, डेण्डी शेर्पा रहने गरि ने०क०पा० (एमाले) पार्टी कमिटी जर्मनी पनि गठन गरियो ।

तपाइँको प्रतिक्रिया