दिए कटुवाललाई खड्काले चुनौती

गत साता पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाललाई बीबीसी नेपाली सेवाले निम्त्यायो । बीबीसी सितको अन्तर्वार्तामा कटुवाल निकै खरो रुपमा उत्रे । माओवादीको उनले उछित्तो काढेका थिए । सेनालाई प्रयोग गर्न खोजेको, फुटाउन खोजेको आरोप लगाएका थिए कटुवालले । अनि जनसेना कुनैपनि हालतमा सिधै नेपाली सेनामा समायोजन गर्न नहुने लगायतका कुरा राखेका थिए । अधिकांश समय कटुवालले माओवादीको बिरोधमै खर्चिएका थिए । अनि तात्दैनन् माओवादीका कन्चटका रौं ? त्यसलाई कसरि दिने दनक ? कटुवालको पैंचो त तिर्नै पर्‍यो । माओवादीपनि के कम ?

उनीहरुलेपनि आफ्नो नेत्रित्वको सरकार हुँदा नियुक्त गरेका कायममुकाम प्रधान सेनापती कुलबहादुर खड्का मार्फत कटुवाललाई दनक दिने निर्णय गरे। हिजो साँझ नेपाली समय अनुसार छ बजे खड्का प्रस्तुत भए रेडियो मिर्मिरेमा अन्तर्वार्ता दिन । उनले पनि कटुवालले बोलेका कुरालाई उछित्तो काटे ।

रेडियो मिर्मिरेको उद्धेश्यपनि सायद कटुवाललाई जवाफ दिनेनै थियो । प्रश्न बढि त्यतै केन्द्रित थियो । तुलनात्मक रुपमा खड्का कटुवालभन्दा बढि नरम र संयम रुपमा प्रस्तुत भएका थिए । बीबीसीमा कटुवाल बढि आक्रामक थिए । उनको बोलीमा बढि रिसिबी साँधेको प्रष्टै झल्किन्थ्यो भने खड्का नरम रुपमा प्रस्तुत थिए ।

गणतन्तन्त्र आउन नदिन रुक्मांगत कटुवालले भरमग्दुर प्रयास गरेको खड्काले उल्लेख गरे । तर उनले ‘गणतन्त्र ल्याउन दिन नदिन कटुवालले के कति भूमिक खेले भन्ने दुनियाँसामु जगजाहेर रहेको’ उल्लेख गरे। अहिले गणतन्त्र प्रति कटुवालले आस्था देखाएझैं गर्नुको कारण त पानी माथिको ओभानो रहनकालागि मात्रै हो भनेर कटुवाललाई चुनौतिनै दिए खड्काले ।

प्रचण्ड नेत्रित्वको सरकारले प्रधान सेनापतीबाट कटुवाललाई गरिएको बर्खास्ती राष्ट्रपतीबाट उल्टाईनु असंबैधानिक रहेछ भन्ने पुष्टि भैसकेकोपनि बताए । त्यसमा उनले के तर्क पेश गरे भने सर्वोच्च अदालतले मागेको स्पष्टीकरणका क्रममा राष्ट्रपतिले लिखित रुपमा १८ दलको आग्रहलाई स्विकार गरेको उल्लेख गरेकाले राष्ट्रपतीले चालेको  कदम असंवैधानिक थियो भन्ने पुष्टी हुन्छ । त्यतिबेला दुई जना प्रधानसेनापती रहेको अवस्थामा रक्तपात हुनसक्छ भन्ने कुरा त्यतिबेला प्रधान सेनापती रुक्मांगत कटुवाल र १८ दलले निकालेकाले रक्तपातका पक्षमा को थियो भन्ने त्यसैबाट प्रष्ट हुने उल्लेख गरे । उनको तर्क आफुहरु सैयम नभएको भए प्रधान सेनापती कटुवाल र १८ दलले रत्कपात नै मच्चाउन समेत सक्ने उनले संकेत गरे।

बीबीसीमा त्यति बेला दुई जना प्रधान सेनापती रहेको अवस्थामा रक्तपात हुन सक्ने अवस्था थियो नि भनिएको थियो । त्यसमा कटुवालले माओवादीलाई ‘आफ्नो शक्ति भएको भए उहाँहरुले रक्तपात गर्नुहुन्थ्यो होला, नसकेर हो’ भन्ने जवाफ दिएका थिए। कटुवालको त्यहि भनाईले कटुवाल र १८ दलनै त्यति बेला रक्तपात मच्चाउने मनशायमा रहेको बुझिएको पनि खड्काले उल्लेख गरे।

नेपाली सेनाको तत्कालिन नेत्रित्वले त्यतिबेलाको सरकारको निर्देशन पालना नगरेकाले अहिले मूलुकमा यो राजनैतिक संकट उत्पन्न भएको दाबी पनि गरे खड्काले । मानव अधिकार उल्लंघनको घटनामा दोषी ठानिएका निरन्जन बस्नेतलाई नागरिक अदालतमा बुझाएर सजायको भागि बनाउनुपर्ने विषयमा सोधिएको प्रश्नमा खड्काले सेनालेपनि मानव अधिकारको पालना गर्नु राम्रो हुने कुटनितिक जवाफ दिए ।

तपाइँको प्रतिक्रिया